Trending
Prev Story
Next Story

कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री शाही

Nagarik News •
November 01, 2026 • 01:25 AM
2
2 reads 0 reactions

उनले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गरे।

कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताएका छन्।

लेकबेसी नगरपालिका सुर्खेतमा अवस्थित कृषि अनुसन्धान केन्द्र दशरथपुरको शनिबार निरीक्षणपछि छलफल गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका रैथाने बीउबिजन र माटोको संरक्षण आवश्यक भएको बताए। उनले कर्णालीमा जैविक (कम्पोष्ट) मलको प्रयोग बढाएर रासायनिक मल र विषादीलाई पूर्ण रूपमा विस्थापित गर्ने नयाँ प्रविधिको विकास गर्न अनुरोध गरे।

कर्णालीका रैथाने बाली र बीउबिजनलाई निरन्तरता दिँदै प्राङ्गारिक उत्पादन, माटोको उर्वराशक्ति र यहाँका परम्परागत कृषि उपज संरक्षण अपरिहार्य भएको मुख्यमन्त्री शाहीको भनाइ थियो। पर्याप्त मात्रामा जैविक मल उत्पादन, बिक्री वितरण गर्ने गरी अध्ययन र अनुसन्धान अगाडि बढाउन उनले निर्देशन दिए। रैथाने र प्राङ्गारिक उत्पादन वृद्धिका लागि प्रदेश सरकार कृषि अनुसन्धान केन्द्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनको भनाइ थियो।

मुख्यमन्त्री शाहीले भने, 'कर्णालीका रैथाने कृषि उत्पादन लोप हुने अवस्थामा पुग्नु राम्रो कुरा होइन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने र रैथाने बाली जोगाउने उपायबारे केन्द्रले विस्तृत अध्ययन गर्नुपर्छ। केन्द्रले रासायनिक मल प्रयोग नभएको शुद्ध प्राङ्गारिक बीउ उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्छ।'

छलफलमा कृषि अनुसन्धान निर्देशनालय, दशरथपुरका निर्देशक देविनिधि तिवारीले केन्द्रले भोग्नुपरेको समस्याबारे जानकारी दिए। उनका अनुसार निर्देशनालयको कार्यक्षेत्र कर्णाली प्रदेशका १० वटै जिल्ला भए पनि आवश्यक जनशक्तिको अभावका कारण सबै क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न सकिएको छैन। बीउ उत्पादन कार्यमा प्रदेश सरकारको थप लगानी भएमा अझ धेरै र प्रभावकारी काम गर्न सकिन्छ।

प्रकाशित: १५ कार्तिक २०८३ ०७:१० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
48m ago
अस्ट्रेलियामा कञ्चनपुरका किशोर शाहीलाई ‘न्यूक्यासल स्वयंसेवा सम्मान २०२६’ प्रदान

अस्ट्रेलियामा कञ्चनपुरका किशोर शाहीलाई ‘न्यूक्यासल स्वयंसेवा सम्मान २०२६’ प्रदान

सम्मान प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत आफ्नो खुसी व्यक्त गर्दै शाहीले यो सम्मान व्यक्तिगत उपलब्धिभन्दा पनि आफूलाई साथ, सहयोग र प्रेरणा दिने परिवार, आफन्त, साथीभाइ तथा समग्र नेपाली समुदायको साझा सम्मान भएको बताएका छन् ।

#शाही
Compare →
Hamro Patro News
1h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मतका लागि प्रस्ताव राख्दै

मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मतका लागि प्रस्ताव राख्दै

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। यस प्रयोजनका लागि सभामुख रामअशिष यादवले दिउँसो एक बजे प्रदेशसभा बैठक बो...

#मुख्यमन्त्री
Compare →
Onlinekhabar
1h ago
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#मुख्यमन्त्री
Compare →
Arthasansar
1d ago
एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

एनपीएल सिजन ३ : लुम्बिनी प्लेअफ पुग्ने पहिलो टिम, कर्णालीको चौथो हार

साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टिम बनेको छ । बिहीबार भएको...

#कर्णाली
Compare →

Related Stories

Politics & Governance
Build #2612