Trending
Prev Story
Next Story

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

Nagarik News •
November 14, 2026 • 01:19 AM
3
3 reads 0 reactions

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन्।

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज (शनिबार) प्रदेशसभा बैठक आह्वान गरेका छन्। सभामुख यादवका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गर्न शनिबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ।

सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा बुधबार नै औपचारिक पत्र पठाइसकेका छन्। विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल र संवादमा जुटेका छन्।

विश्वासको मतका विषयमा दलहरूसँग छलफल भइरहेको र मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने मुख्यमन्त्री यादवले बताए।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।

दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। सरकारको निरन्तरताका लागि मुख्यमन्त्री यादवले विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयास गरिरहेका छन्। एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन्।

प्रदेश सभाको अङ्क गणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ। यस्तो अवस्थामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा अन्य साना दलको भूमिका निर्णायक हुने देखिएको छ।

प्रकाशित: २८ कार्तिक २०८३ ०७:०४ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
7h ago
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको म...

#विश्वास #यादव #मुख्यमन्त्री
Compare →
Ekantipur
3d ago
मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ मा विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ मा विश्वासको मत लिँदै

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिँदै छन्।

#विश्वास #यादव #मुख्यमन्त्री
Compare →
Onlinekhabar
7h ago
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#विश्वास #यादव #मुख्यमन्त्री
Compare →
Arthasansar
3d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#विश्वास #यादव #मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612