Trending
Prev Story
Next Story

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

Ekantipur •
November 12, 2026 • 04:01 PM
3
3 reads 0 reactions

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

जनकपुरधाम — मधेश प्रदेशसभाको बैठक शनिबारका लागि आह्वान गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि शनिबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मधेश प्रदेश सरकारमा सहभागी एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । यादव कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री हुन् । सभामुख रामआशिष यादवका अनुसार प्रदेशसभा बैठक सञ्चालनका लागि शुक्रबार दिउँसो कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ र त्यही बैठकले कार्यसूची निर्धारण गर्नेछ ।

प्रदेशसभाबाट यही शनिबार दिउँसो १ बजे विश्वासको मत लिनका लागि मुख्यमन्त्री यादवले बुधबार प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए । विश्वासको मतका लागि विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र अन्तिम समयसम्म संवाद चल्ने मुख्यमन्त्री यादवले बताए ।

कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका ४ मन्त्रीले गत २५ असोजमा सामूहिक राजीनामा दिँदै मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । अर्को दल नेकपाका ४ मन्त्रीले यही २० कात्तिकमा राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । कुनै दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । एमालेले समर्थन लिएको ३० दिन शनिबार पुग्दै छ । विश्वासको मत लिन नसके मुख्यमन्त्री यादव स्वतः पदमुक्त हुनेछन् । विश्वासको मत सुनिश्चित हुन नसके यादवले त्यसअघि नै राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्न पनि सक्छन् ।

२ दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाएका छन् । एमाले र नेकपा भने जसपा नेपालको नेतृत्वमा सरकार गठनको कसरतमा छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेकपाका १५ र जनमत पार्टीका १२ सदस्य छन् । संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १–१ सदस्य छन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मतका लागि प्रस्ताव राख्दै

मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मतका लागि प्रस्ताव राख्दै

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शनिबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। यस प्रयोजनका लागि सभामुख रामअशिष यादवले दिउँसो एक बजे प्रदेशसभा बैठक बो...

#मुख्यमन्त्री #यादव #प्रदेशसभा
Compare →
Onlinekhabar
2h ago
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#मुख्यमन्त्री #यादव #विश्वास
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री #यादव #विश्वास
Compare →
Nagarik News
2d ago
मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

#मुख्यमन्त्री #यादव #प्रदेशसभा
Compare →

Related Stories

Politics & Governance
Build #2612