सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा उद्धारका लागि अल्टिच्युड हेलिकोप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ अपरेसन तीव्र पारिएको छ ।
मनाङ — गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् । उनीहरु गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।
उनले भने, 'सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि अहिले अल्टिच्युड हेलिकोप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ (खोजी तथा उद्धार) अपरेसन तीव्र पारिएको छ ।'
घटनाबारे थप विवरण आउने क्रममा रहेको उहाँको भनाइ छ ।