Trending
Prev Story
Next Story

धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ

Onlinekhabar •
November 14, 2026 • 12:01 PM
2
2 reads 0 reactions

२८ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३ बस्ने ४७ वर्षीया सिता देबी चौधरी र बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने ३६ …

धनगढीमा चितुवाको छाला सहित दुई जना पक्राउ

२८ कात्तिक, कैलाली । धनगढी उपमहानगरपालिका–४ बाट चितुवाको छाला १ थान सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका–३ बस्ने ४७ वर्षीया सिता देबी चौधरी र बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ बस्ने ३६ वर्षीय अशोक धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय कैलाली पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
छठ पर्व आजदेखि सुरु, सजिँदै धनगढीको मोहना घाट

छठ पर्व आजदेखि सुरु, सजिँदै धनगढीको मोहना घाट

धनगढी- आज देखि छठ पर्व सुरू भएको छ । कात्तिक शुक्ल चतुर्थि देखि सुरू हुने छठको पहिलो दिन आज नहाय-खाय विधि गरिन्छ । छठको पूजाका लागि धनगढीको मोहना घाट सजाउने कार्य अन्तिम चरणमा पुगेको जनाईएको छ । ...

#धनगढी
Compare →
Nagarik News
1d ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#धनगढी
Compare →

Related Stories

National (Nepal)
Build #2612