Trending
Prev Story
Next Story

विवाह समारोहबाट एक लाख ७८ हजार रुपैयाँको बाकस चोरी, ३८ वर्षीय व्यक्ति पक्राउ

Nagarik News •
October 20, 2026 • 11:50 AM
3
3 reads 0 reactions

प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान अघि बढाएको थियो। प्रत्यक्ष सोधपुछ र सिसिटिभी फुटेजको सहायताले आरोपितको पहिचान गरिएको प्रहरीले जनाएको छ।

विवाह समारोहबाट एक लाख ७८ हजार रुपैयाँको बाकस चोरी, ३८ वर्षीय व्यक्ति पक्राउ

सिंगापुरको चर्चित र्‍याफल्स होटलमा विवाह समारोहका क्रममा नगद राखिएको बाकस चोरी गरेको आरोपमा ३८ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।

बाकसमा करिब एक हजार ५०० सिंगापुर डलर (नेपाली रुपैयाँ एक लाख ७८ हजार) रहेको बताइएको छ।

प्रहरीका अनुसार गत शनिबार बीच रोडस्थित र्‍याफल्स होटलको पाम बलरूममा आयोजित विवाह समारोहबाट उक्त बाकस चोरी भएको थियो। सिंगापुरका नागरिक ली यी वेईमाथि साँझ करिब ७:३० बजे बाकस चोरेको आरोप लागेको छ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि अनुसन्धान अघि बढाएको थियो। प्रत्यक्ष सोधपुछ र सिसिटिभी फुटेजको सहायताले आरोपितको पहिचान गरिएको प्रहरीले जनाएको छ। उनलाई आइतबार नै पक्राउ गरिएको थियो।

प्रहरीले विवाह समारोह तथा भीडभाड हुने स्थानमा आफ्ना बहुमूल्य सामान सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।

लीलाई अनुसन्धान पूरा गर्न हिरासतमा राखिएको छ। उनी आगामी महिना फेरि अदालतमा उपस्थित हुनेछन्। चोरीको आरोपमा दोषी ठहरिएमा उनलाई सात वर्षसम्मको जेल सजाय र जरिवाना हुन सक्छ।

प्रकाशित: ३ कार्तिक २०८३ १७:३५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
सवा ६ अर्ब डलर बराबरको क्रिप्टो चोरी, तीन अर्ब डलर रोक्का

सवा ६ अर्ब डलर बराबरको क्रिप्टो चोरी, तीन अर्ब डलर रोक्का

काठमाडौं । विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार प्लेटफर्म बाइनान्सले साइबर आक्रमणका कारण करिब ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको रकम चोरी भएको बताएको छ । कम्पनीले सम्भावित आक्रमणपछि करिब तीन अर्ब ...

#चोरी
Compare →
Ekantipur
2w ago
क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

क्रिप्टो इतिहासकै सबैभन्दा ठूलो ह्याक, बाइनान्सबाट ६.३ अर्ब डलर चोरी

बाइनान्स प्लाटफर्मबाट करिब ६.३ अर्ब डलर चोरी भएको छ, कम्पनीले प्रयोगकर्ताको रकम सुरक्षित रहेको र आफ्नै कोष तथा साफुबाट सम्पूर्ण क्षतिपूर्ति दिने बताएको छ ।

#चोरी
Compare →
Bizshala
1d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →

Related Stories

National (Nepal)
Build #2612