Trending
Prev Story
Next Story

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

Ekantipur •
October 22, 2026 • 10:30 AM
2
2 reads 0 reactions

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो ।

युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता गर्न सहमत भए पुटिन

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो ।

काठमाडौँ — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले वार्ता नोभेम्बर १० पछि हुन सक्ने बताएका छन् । अबुधाबीमा वार्ता हुन सक्ने सम्भावना छ । यद्यपि, वार्ताको मिति र विस्तृत कार्यतालिका निश्चित भइसकेको छैन ।

सीएनएनको विश्लेषणअनुसार ट्रम्पले रुससँगको सहमतिलाई युद्ध अन्त्य गर्ने अवसरका रूपमा हेरेका छन् भने पुटिनले अमेरिकासँगको वार्ताबाट रुसको रणनीतिक हित अघि बढाउन खोजिरहेका छन् । रुसमाथिका प्रतिबन्ध, ऊर्जा व्यापार र युक्रेनको भूभागसम्बन्धी विवाद वार्ताका महत्त्वपूर्ण पक्ष हुन् ।

रोयटर्सका अनुसार पुटिन र विटकफबीचको भेटमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल भएको थियो । तर, युद्ध अन्त्य गर्ने सर्तमा रुस र युक्रेनबीच अझै मतभेद छन् ।

रुसले पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रणको माग गर्दै आएको छ । युक्रेनले भने आफ्नो भूभाग त्याग्ने विषयमा असहमति जनाउँदै आएको छ । युक्रेनको सुरक्षा प्रत्याभूति र भविष्यमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुन पाउने विषय पनि विवादका प्रमुख मुद्दा हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक प्रयास तीव्र पारिरहेका छन् । तर, त्रिपक्षीय वार्ताका लागि सहमति हुनु र युद्ध अन्त्य गर्ने सम्झौता हुनु फरक विषय हुन् । वार्ता अघि बढे पनि त्यसले युद्ध अन्त्य गर्ने ठोस सहमतिको रूप लिन्छ कि लिँदैन भन्ने स्पष्ट भइसकेको छैन ।

रुस र युक्रेनबीच जारी युद्ध २४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेपछि चर्किएको थियो । यद्यपि, दुई देशबीचको द्वन्द्व सन् २०१४ मै सुरु भएको थियो । त्यतिबेला रुसले युक्रेनको क्राइमिया प्रायद्वीप कब्जा गरेको थियो भने पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी समर्थित सशस्त्र समूह र युक्रेनी सेनाबीच लडाइँ सुरु भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
20h ago
पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

पुटिनको अडानपछि रूस-युक्रेन शान्ति वार्तामा नयाँ ट्विस्ट : युरोपको भूमिका के हुन्छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि आगामी चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने जानकारी दिएका हुन्।

#राष्ट्रपति #अमेरिकी #ट्रम्प
Compare →
Hamro Patro News
1d ago
युक्रेन शान्ति र युरोपको सुरक्षा व्यवस्थाबारे ट्रम्पका दूतले पुटिनसँग भेट गर्ने

युक्रेन शान्ति र युरोपको सुरक्षा व्यवस्थाबारे ट्रम्पका दूतले पुटिनसँग भेट गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनर र स्टिभ विटकफले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता तथा युरोप–रुसबीच नयाँ सुरक्षा व्यवस्था निर्माणबारे छलफल गर्न बिहीबार मस्कोमा रुसी राष्ट्...

#युक्रेन #ट्रम्प #पुटिन
Compare →
Arthasansar
22h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #ट्रम्प
Compare →
Bizshala
18h ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन
Compare →

Related Stories

World News
Build #2612