Trending
Prev Story
Next Story

सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु, १८ घाइते

Ekantipur •
October 31, 2026 • 03:02 AM
3
3 reads 0 reactions

सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा तीन जनाको र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु, १८ घाइते

सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा तीन जनाको र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

सल्यान — सल्यानमा शुक्रबार साँझ भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। सिद्ध कुमाख गाउँपालिका–२ रातामाटामा जिप दुर्घटना हुँदा तीन जनाको र बनगाड कुपिण्डे नगरपालिका–११ गरामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सिद्ध कुमाखमा भएको दुर्घटनामा परी गाउँपालिका–२ का ४३ वर्षीय साउने रोका, ४३ वर्षीया कृष्णी बस्नेत र ४५ वर्षीया सीता विकको मृत्यु भएको छ। उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।

शारदा नगरपालिका–१ श्रीनगरबाट सिद्ध कुमाख गाउँपालिका–२ टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप शुक्रबार साँझ करिब ६ः३५ बजे रातामाटास्थित भित्री सडकबाट झन्डै १ सय ५० मिटर तल खोलामा खसेको थियो।

यस्तै, शुक्रबार राति बनगाड कुपिण्डे नगरपालिका–११ गरामा भएको बोलेरो दुर्घटनामा सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मलारानीका २५ वर्षीय पप्पु डाँगीको मृत्यु भएको छ। उनको सुर्खेतस्थित मेहेलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

खलंगा–बालुवा संग्राही सडकखण्डमा चौरबाट बालुवा संग्राहीतर्फ आउँदै गरेको रा १ च १७२३ नम्बरको डबल क्याब बोलेरो राति करिब ८ः४० बजे सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार सिद्ध कुमाखमा घाइते भएका चार जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। दुई जनाको नेपालगन्जमा उपचार भइरहेको छ भने १ जनाको सल्यानमै उपचार भइरहेको छ। बनगाड कुपिण्डेमा घाइते भएकाहरूको नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।

दुवै दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डीएसपी पातलीले बताए।

सरिता चलाउने कान्तिपुरकी सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
16h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु #जनाको
Compare →
Hamro Patro News
19h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612