Trending
Prev Story
Next Story

सल्यानमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते [अपडेट]

Ekantipur •
October 30, 2026 • 03:31 PM
2
2 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार जिप दुर्घटनामा परेर साउने रोका, कृष्ण बस्नेत र सीता विकको मृत्यु भएको हो ।

सल्यानमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते [अपडेट]

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार जिप दुर्घटनामा परेर साउने रोका, कृष्ण बस्नेत र सीता विकको मृत्यु भएको हो ।

सल्यान — सल्यानमा शुक्रबार बेलुकी ६:३५ बजे जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार जिप दुर्घटनामा परेर साउने रोका, कृष्ण बस्नेत र सीता विकको मृत्यु भएको हो । उद्धार गरेर अस्पताल ल्याइएका उनीहरूको कर्णाली अस्पतालमा मृत्यु भएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको छ ।

जिप दुर्घटनामा घाइते भएका ६ जनाको श्रीनगरस्थित कर्णाली र शारदा अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि सुशीला चलाउने, देबू विक, कमल बुढाथोकी र रूपा बुढाथोकीलाई अस्पतालले रिफर गरेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए । घाइते राधिका चलाउने र दीपक रोकाको कर्णाली अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । उनका अनुसार अनियन्त्रित भएर दुर्घटनामा परेको जिप सडकबाट १५० मिटर तल खसेको थियो । जिप दुर्घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
16h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#जिप #मृत्यु #जनाको
Compare →
Hamro Patro News
17h ago
जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र...

#जिप #मृत्यु
Compare →
Nagarik News
22h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#जनाको #मृत्यु #घाइते
Compare →
Bizshala
23h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2612