Trending
Prev Story
Next Story

आईजीपीले हेडक्वार्टरमा किन बोलाए आकस्मिक पीसीसी बैठक ?

Ekantipur •
October 29, 2026 • 07:32 AM
3
3 reads 0 reactions

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा हुने बैठकमा डीआईजीदेखि माथिल्लो तहका अधिकारी र प्रदेशमा कार्यरत डीआईजीहरू सहभागी हुनेछन्।

आईजीपीले हेडक्वार्टरमा किन बोलाए आकस्मिक पीसीसी बैठक ?

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा हुने बैठकमा डीआईजीदेखि माथिल्लो तहका अधिकारी र प्रदेशमा कार्यरत डीआईजीहरू सहभागी हुनेछन्।

काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठक बोलाएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा बोलाइएको बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि माथिल्लो तहका अधिकारीहरू सहभागी हुनेछन् ।

आज अपराह्न बस्ने तय भएको बैठकका लागि प्रदेशमा कार्यरत डीआईजीहरूलाई समेत काठमाडौंमा उपस्थित हुन भनिएको छ । आईजीपी कार्कीले किन आकस्मिक रूपमा पीसीसी बैठक बोलाए भन्नेबारे औपचारिक जानकारी दिइएको छैन । तर, सरकारले आईजीपी कार्कीलाई राजीनामा दिन दबाब दिएको भन्दै समाचारहरू सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल हुन सक्ने एक अधिकारीले बताए ।

‘समसामयिक विषयमा छलफल गर्ने भनिएको छ, त्यही विषय हुन सक्छ,’ ती अधिकृतले भने ।

आईजीपी कार्कीनिकट एक उच्च अधिकृतका अनुसार, पीसीसी बैठकका तीन मुख्य एजेन्डा छन् । पहिलो, बाहिर सार्वजनिक भएका विषयवस्तुले प्रहरीको चेन अफ कमान्ड र कार्यसम्पादनमै असर पार्न सक्ने अवस्था देखिएपछि आईजीपी कार्कीले त्यसबारे स्पष्ट पार्न खोजेका हुन् ।

‘बाहिर धेरै अफवाह फैलिइरहेको छ, त्यसले काममा असर नगरोस् भनेर उहाँले स्पष्टसँग भन्न खोज्नुभएको हो,’ ती अधिकृतले भने ।

आईजीपी कार्कीले बुधबार उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूदेखि प्रहरी निरीक्षक तहसम्मका कार्यालय प्रमुखलाई भर्चुअल कन्फरेन्समार्फत सम्बोधन गरेका थिए । त्यसक्रममा उनले प्रहरी अधिकारीहरू एकअर्काविरुद्ध र आफ्नै संगठनका सहकर्मीविरुद्ध लाग्ने गरेको भन्दै त्यसो नगर्न सचेत गराएका थिए ।

ब्याचीहरूबीचसमेत सौहार्दपूर्ण सम्बन्ध कायम हुन छाडेको भन्दै आईजीपी कार्कीले त्यसमा सुधार ल्याउन खोजेको बताएका थिए । ‘ती विषयहरू फेरि पनि उठ्नेछन्,’ एक अधिकृतले भने ।

बैठकको दोस्रो एजेन्डा केही प्रहरी अधिकृतहरू अनुचित क्रियाकलापमा संलग्न भएको विषयमा रहेको स्रोतको दाबी छ ।

‘कतिपयले मनलाग्दी रूपमा अनुसन्धानका विवरण सार्वजनिक गरिदिने, अनुसन्धानलाई नै प्रभावित पार्ने जस्ता गतिविधि भएका छन् । त्यस विषयमा पनि छलफल हुनेछ,’ प्रहरी स्रोतले भन्यो ।

तेस्रो विषय तिहारपछि आन्दोलन हुने भन्दै फैलाइएका हल्लासँग सम्बन्धित रहेको अधिकारीहरूको भनाइ छ । तिहारपछि सरकारलाई नै अप्ठ्यारो पार्ने गरी आन्दोलन हुने भन्दै भइरहेका प्रचार, त्यसको वास्तविक अवस्था र अपनाउनुपर्ने सतर्कताबारे छलफल हुने स्रोतको भनाइ छ ।

‘केही तनावका क्षेत्र पहिचान गरिएका छन् । तिनलाई कसरी निस्तेज पार्ने भन्ने सन्दर्भमा पनि छलफल हुनेछ,’ एक अधिकारीले भने ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्तिको भोलिपल्ट सबै सुरक्षा प्रमुखलाई बोलाएर बालेनले के भने ?

नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्तिको भोलिपल्ट सबै सुरक्षा प्रमुखलाई बोलाएर बालेनले के भने ?

काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको भोलिपल्ट (आज बिहीबार) प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गरेका छन् । नेपाली स...

#आईजीपी #बोलाए
Compare →
Nagarik News
1w ago
प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी नेतृत्वमा दुई आईजीपी भएको दानबहादुर कार्कीको दाबी

प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्कीले सरकारको निर्णयले प्रहरी नेतृत्वमा दुईजना आईजीपीस्तरका पदाधिकारी सिर्जना गरेको बताएका छन्।

#आईजीपी
Compare →
Onlinekhabar
1w ago
हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

२० कार्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सल्लाहकार बनाइएका निवर्तमान प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूलाई पुरानै पदमा फर्काउनुपर्ने माग गरेका छन् । सरकारले कानूनी आधारविना नै आफूलाई पदमुक्त …

#आईजीपी
Compare →
Bizshala
1w ago
सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग

सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग

काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई जिम्मेवारीबाट हटाउने सरकारको...

#आईजीपी
Compare →

Related Stories

National (Nepal)
Build #2612