Trending
Prev Story
Next Story

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत डेढ खर्ब झिक्दै

Ekantipur •
October 29, 2026 • 07:32 AM
2
2 reads 0 reactions

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो ।

पैसा धेरै भएपछि राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत डेढ खर्ब झिक्दै

बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो ।

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत १ खर्ब ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत आज उल्लिखित रकम झिक्न थालेको हो । सोही क्रममा आज ८ दिनका लागि एक खर्ब ५० अर्ब रुपैयाँ झिक्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुईपटक नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो । तर, बजारमा तरलता बढेपछि राष्ट्र बैंकले बेला बेलामा ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिकिसकेको छ । त्यति पैसा झिक्दा पनि बजारमा पैसा नघटेपछि लगत्तै निक्षेप संकलन उपकरणमार्फत आज डेढ खर्ब रुपैयाँ झिक्न थालेको हो ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सक्ने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहु–बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब निक्षेप संकलन गर्ने

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने...

#निक्षेप #संकलन #बैंकले
Compare →
Hamro Patro News
2d ago
पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो। ...

#रकम #संकलन
Compare →
Arthasansar
23h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#निक्षेप #खर्ब
Compare →
Nagarik News
19h ago
कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कोरला नाका: चार महिनामै वार्षिक लक्ष्यभन्दा तीन अर्ब बढी राजस्व संकलन

कार्यालयले वार्षिक ९ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा कात्तिक महिना नसकिँदै साढे १२ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको हो।

#संकलन
Compare →
Onlinekhabar
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

२५ कात्तिक, पोखरा । आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य …

#रकम #संकलन
Compare →

Related Stories

Business & Economy
Build #2612