Trending
Prev Story
Next Story

छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

Onlinekhabar •
November 14, 2026 • 07:31 AM
2
2 reads 0 reactions

२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा बुवा सदरमुकाममै छटपटाइरहेका छन् । जीवनभर दुःख गरेर हुर्काएको छोरालाई आफ्नै …

छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम

२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्‍याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा बुवा सदरमुकाममै छटपटाइरहेका छन् । जीवनभर दुःख गरेर हुर्काएको छोरालाई आफ्नै हातले अन्तिम बिदाइ गर्नसमेत नसक्ने अवस्थामा पुगेका छन् अछामका गंगाराम बुढा ।

ढकारी गाउँपालिका-१ बासल्लाका गंगारामका २८ वर्षीय छोरा बिर्ख बुढाको उपचारका क्रममा शनिबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको हो । शुक्रबार साँझ करिब साढे ७ बजे स्थानीय पसलबाट घर फर्किने क्रममा बिर्ख भीरबाट खसेका थिए । दुर्घटनापछि उनलाई राति नै उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो ।

चिकित्सकले थप उपचारका लागि अन्यत्र लैजान सुझाव दिएका थिए । तर, आर्थिक अभावका कारण गंगारामले छोरालाई अन्यत्र लैजान सकेनन् । छोरा बचाउने आशामा उनले २० हजार रुपैयाँ तिरेर जीपसमेत बुक गरेका थिए । तर, उपचारकै क्रममा शनिबार बिहान सवा ९ बजेतिर बिर्खले संसार छाडे ।

गंगाराम अहिले यस्तो पीडामा छन्, जहाँ गरिबीले शोकमा डुबेको परिवारलाई झन् असहाय बनाएको छ । छोरालाई उपचारका लागि गाउँबाट सदरमुकाम ल्याउँदा लागेको जीप भाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेका उनका लागि अब छोराको शव गाउँ पुर्‍याउनु अर्को ठूलो चुनौती बनेको छ । आर्थिक अभावकै कारण मृत छोराको अन्त्येष्टि गर्न नसक्ने अवस्थामा छन् उनी ।

छोराको मृत्यु भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न प्रहरी कार्यालयमा पेस गर्नुपर्ने जाहेरी लेखाउन वकिललाई शुल्क तिर्नसमेत उनीसँग पैसा छैन । एकातिर छोराको शव, अर्कोतिर आर्थिक अभाव र कानुनी प्रक्रियाको झन्झटले उनी सदरमुकाम मंगलसेनमै छटपटाइरहेका छन् ।

बिर्ख गंगारामका घरका जेठा छोरा थिए । परिवारको जिम्मेवारी उनकै काँधमा थियो । भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका उनी पाँच महिनाअघि मात्रै घर फर्किएका थिए । त्यसयता गाउँमै ज्यालामजदुरी गर्दै आएका थिए । तर, दिनभरि पसिना बगाएर कमाएको पैसाले बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल थियो ।

बिर्खको असामयिक निधनपछि गंगारामका तीन साना छोरा छन् । उनीहरू पाँच, सात र ११ वर्षका छन् । जेठा छोराको शव गाउँ पुर्‍याएर आफन्त र परिवारको उपस्थितिमा अन्तिम संस्कार गर्ने गंगारामको इच्छा छ । तर, इच्छाले मात्रै नहुने रहेछ । त्यसका लागि पनि पैसा चाहिने बाध्यता उनको जीवनमा आइपरेको छ ।

अछामका पत्रकार वेदप्रकाश तिमिल्सिनाले गंगारामको दयनीय अवस्थाबारे जानकारी पाएपछि अन्त्येष्टिका लागि आवश्यक आर्थिक सहयोग जुटाउन पहल थालेका छन् । उनले बिर्खको अन्त्येष्टि गर्न सहयोग गरिदिन सबैसँग अपिलसमेत गरेका छन् ।

छोराको मृत्युको पीडा त गंगारामले सहनैपर्ने भयो । तर, गरिबीका कारण आफ्नै सन्तानलाई अन्तिम बिदाइ गर्नसमेत नपाउने अवस्था कति पीडादायी होला ? अहिले गंगारामको एउटै याचना छ– आर्थिक सहयोग जुटोस् र मृत छोरालाई गाउँ लगेर अन्तिम संस्कार गर्न सकियोस् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
21h ago
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको...

#गाउँ #मृत्यु
Compare →
Ekantipur
2h ago
गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

गाउँ जान भारतको बाटो, सीमाको बहसले झन् सास्ती भोग्छन् टिंकर-छाङरुवासी

टिंकर र छाङरुवासी भन्छन्–'काठमाडौंमा सीमा सम्बन्धी बहस भए यता हामीलाई पोल्छ'

#गाउँ
Compare →
Nagarik News
5h ago
इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

इन्जिनियर बनेर गाउँमै सुन्दर घर बनाएर आमालाई राख्ने बिकेशको सपना चिसापानीमै बिलायो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरमा अहिले एउटा परिवारको मात्र होइन, सिंगो गाउँको सपना र खुसी लुटिएको छ।

#गाउँ
Compare →
Bizshala
21h ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Business & Economy
Build #2612