Trending
Prev Story
Next Story

अमिलो अंगुर

Nagarik News •
November 14, 2026 • 05:06 AM
4
4 reads 0 reactions

आफ्नो पक्षमा पार्न सकिएन भने अर्काको बदनाम गर्नु हुँदैन मनोरथजी।

अमिलो अंगुर

आफ्नै सुरमा हिँडिरहेको थिएँ। मेरो छिमेकी मनोरथले बोलाए।

“होइन हो चोलरमणजी! तपाई त एकाेहोरो कुदिरहेको मात्र देख्छु। कहिलेकाहीँ छिमेकी साथीभाइलाई पनि हेर्ने गर्नुहोस्।” भन्दै आफ्नो घरमा बोलाए।

केही समय घरव्यवहारका कुरा सकिएपछि उनी मूल मुद्दामा आए। “छोराछोरीलाई पढाएर मात्र के गर्नु? घरव्यवहारमा पनि बाँधिदिनुपर्ने रहेछ। छोरी बढे बाबुआमाको मुटु ढुकढुक मात्र।” उनले सांकेतिक रूपमा आफ्नो आशय व्यक्त गरे।

“अहिलेको जमानामा छोराछोरीको धेरै चिन्ता नगर्दा हुन्छ मनोरथजी। हामीले थाहा नपाउँदै उनीहरूले आफ्नो जोडा खोजिसकेका हुन्छन्।” मैले धेरै चिन्ता नलिन आग्रह गरेँ।

कुरा गर्दागर्दै उनी अर्कै प्रसंगतिर लागे।

“कृष्णप्रसादजीको छोरा सूर्य छ नि। कस्तो फटाहा रहेछ। नशा गर्ने, केटीहरूका पछि लाग्ने रहेछ। झन्डै बचियो नि !” उनले भने।

“कसरी थाहा पाउनुभयो यो कुरा?” मैले चनाखो हुँदै भनेँ।

“मेरो छोरी माग्न आएका थिए। मैले सबै कुरा थाहा पाएपछि हप्काएर पठाइदिएँ।” मनोरथले शानसाथ भने।

“कृष्णप्रसाद मेरा मावली दाजु हुन्। उनी र उनको छोरालाई म राम्ररी चिन्दछु। त्यो एकदम सभ्य र संस्कारी परिवार हो। तपाईंले धनसम्पति र प्रतिष्ठा देखर सम्बन्ध बढाउन खोज्नुभएको थियो तर...” मैले दृढताका साथ भनेँ।

“आफ्नो इष्टमित्र भएकाले पक्ष लिनुभएको होला। भैगो, तपाईंसँग कुरा गर्नु बेकार छ।” मनोरथले मुख बाङ्गो पारे।

“आफ्नो पक्षमा पार्न सकिएन भने अर्काको बदनाम गर्नु हुँदैन मनोरथजी। तपाईंको परिवारका कतिपय नैतिक आचरणगत कुरा थाहा पाएर उनको छोरा र तपाईको छोरीको विवाह हुन नसकेको हो। अर्काको बदनामी गर्न छोडिदिनुस् नत्र तपाईंलाई नै असर पर्छ।” यति भनेर म त्यहाँबाट उठेँ।

एक युवक चोकको मध्यमा गएर चिच्चाउन थाल्यो।

उसले यो क्रिया दुई चार पटक गरेपछि मानिसको भीड बढ्यो।

भीडमा भएको एक मानिसले साहस गरेर भन्यो, “किन, के भयो भाइ ? केही समयदेखि यहाँ जोरजोरले कराइरहेका छौ।”

“मलाई यो देशमा जन्मेकोमा धिक्कार छ।” युवक बोल्यो।

किन, कसरी? भन्दै मानिसहरूले प्रश्न गर्न थाले।

“मैले उच्च शिक्षा पाएर पनि काम पाउन सकेन। काम नहुँदा घरमा, समाजमा मेरो अपहेलना भयो। अब मसँग कुनै विकल्प छैन ?” युवकले निराशाभाव पोख्यो।

“जीवन रहदाँसम्म विकल्प जीवित रहिरहन्छ। विकल्प चिन्न सक्नुपर्छ।” भीडबाटै अर्को युवकले भन्यो।

“यो सब वाहियात कुरा हो। कोरा आदर्श मात्रै।” युवक बोल्यो।

“उच्च शिक्षा पाउँदैमा सबै अवसर प्राप्त हुँदैनन्। प्रतिस्पर्धात्मक युगमा एकै ठाउँमा सबै मानिस फिट हुँदैनन। एक काम, एक अवसर गुम्ने बित्तिकै मानिस निराश हुन्छन् तर बुझ्नुपर्ने कुरा के हो भने...।”

“स्पष्ट भन्नुहोस न्, किन कुरा चपाउनु हुन्छ ?” पहिलेकै युवक बोल्यो।

“हामीकहाँ उच्च शिक्षाले अहंकारी मानिस उत्पन्न गरेको छ। पढेलेखेको मानिसले सानो काम गर्नुहुँदैन, कम पढेलेखेका र अशिक्षित मानिससँग संगत गर्नुहुँदैन भन्ने भाव उत्पन्न गराएको छ।”

“अब के गर्ने त? आफ्नो लामो आर्थिक लगानी, भौतिक मेहनतलाई त्यसै माटोमा मिलाउने त?” जोशमा आयो युवक।

“शिक्षालाई जीवन बदल्ने ज्ञानका रूपमा ग्रहण गर्ने। जीवनमा जेजस्तो काम पाइन्छ, गर्दै जाने। ससानो सफलताबाट जीवनको आधारशिला निर्माण हुन्छ।” नयाँ युवकले विश्वासपूर्वक भन्यो।

प्रकाशित: २८ कार्तिक २०८३ १०:५१ शनिबार

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612