"आज छिमेकमा कोही आएका रहेछन कि? " समिरले राधासँग सोध्यो।
"होलान् उनैका आफन्ती हामीलाई केको मतलब भयो? " राधाले लाप्रवाइका साथै प्रश्न राखी।
"कस्ता कुरा गरेकी हामी छिमेकी हौँ छिमेकमा भएको राम्रोनराम्रो कुरामा कसरी आँखा चिम्लिन सक्छौँ। " समिरले निधार खुम्चाउँदै भन्यो।
"ओहो हजुर पनि कहाँको कुरा कहाँ पुराइदिनुभयो!" राधाले नाक मुख कुच्याउँदै भनी।
ऊ एकछिन राधातिर हेरिरह्यो केही बोलेन। त्यहाँ कुनै घटना घटेको छ? हावामा तीर चलाए भयो। " उसले थप प्रश्न गरी।
"राधा मानिदेऊ कुनै घटना भइ पनि हाल्छ छिमेकी केका लागि हुन्छौँ।" समिरले भन्यो।
समिर परायजसो कामको सिलसिलामा घर बाहिर नै हुन्छ।" त्यत्ति दुःख लागे जानुस् हजुर। "उसले ठटौले पारामा भनी।
"त्यहीबेला कसैले डोरवेल बजायो। समिर दौडेर दैलो खोल्यो। बाहिर उही उसले एकछिन पहिले देखेको महिला उभिएकी थिई।"
हजुर नमस्कार! " उसले दुवै हात जोडेर उभिएकी थिई।
नमस्कार मैले चिनिन नि हजुरलाई " समिरले नमस्कारको उत्तर दिँदै भन्यो।
उसले आफ्नो परिचय दिँदै भनी, "म हजुरको छिमेकमा दिदी बिमार हुनुहुन्छ भन्ने सुनेर आएकी हुँ। म प्यूठानमा बस्छु।"
" हजुर मैले के गर्नसक्छु भन्नु ? " समिरले साेध्याे। नजिकमा कुनै राम्रो डाक्टर हजुरले चिनेको भए भन्दिनुहुन्थ्यो कि भनेर सोध्न आएकी।"उसले भनी।
"अवश्य, कहिलेदेखि विमार हुनुभएको हो हामीलाई त जानकारी पनि भएन। समिरले सोध्यो राधातिर हेर्दै भन्यो।
"पाँच दिनदेखि विस्तरामै हुनुहुँदो रहेछ। उहाँलाई ज्वरो आएको रहेछ मलाई हिजो भिनाजुले अस्ट्रेलियाबाट फोन गरेर भनेपछि बल्ल जानकारी भयो र आजै आएकी हु।" उसले जानकारी गराउँदै भनी।
उनीहरूले भाडामा घर लिएका रहेछन्। उसको कसैसँग चिनजान नभएको घर मालिक पनि राजधानी बस्दा रहेछन्।
समिर उसैको पछिपछि घरमा पुग्यो ऊ ज्वराेले पुत्ताएकी थिई।उसको सहयोगमा तुरून्तै नजिकै अस्पतालमा पुरायो र उपचार सुरू भयो।
"मबाट गल्ती भएकै हो।" राधाले समिरसँग लजाउँदै भनी।
प्रकाशित: २८ कार्तिक २०८३ ०९:३२ शनिबार