Trending
Prev Story
Next Story

अनुसन्धानमा रहेका चार केन्द्रीय सदस्यलाई कांग्रेसले शपथ नगराउने

Ekantipur •
October 29, 2026 • 07:32 AM
3
3 reads 0 reactions

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय गरिएको छ।

अनुसन्धानमा रहेका चार केन्द्रीय सदस्यलाई कांग्रेसले शपथ नगराउने

कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय गरिएको छ।

काठमाडौँ — कांग्रेसले अनुसन्धानको दायरामा रहेका चार केन्द्रीय सदस्यलाई आज हुने केन्द्रीय कार्यसमितिको शपथग्रहणमा सहभागी नगराउने भएको छ। विभिन्न अभियोगमा अनुसन्धान चलिरहेको कारण देखाउँदै उनीहरूलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो।

शपथ लिन नपाउनेमा सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादव छन्। यीमध्ये चालिसे, बस्नेत र यादवको नाम केन्द्रीय सदस्यमा निर्वाचित भएको सूचीमा आइसकेको छ। खड्काको भने निर्वाचन परिणामसमेत सार्वजनिक गरिएको छैन।

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजेका लागि तय गरिएको छ। सभापति गगन थापाले यसअघि नै असोज ३१ गते सभापतिको शपथ लिइसकेका छन्। आज वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित निर्वाचित केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् ।

असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Onlinekhabar
2h ago
कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

कांग्रेस देउवा समूहको सुदूरपश्चिम प्रदेश अधिवेशन मंसिर १५ मा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मंसिर तेस्रो साता सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने भएको छ । देउवा समूहले पूर्वसभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा मंसिर १५–१६ मा प्रदेश अधिवेशन गर्ने भएको हो । प्रदेश सभापति वीरबहादुर …

#कांग्रेस
Compare →
Hamro Patro News
7h ago
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति श...

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612