Trending
Prev Story
Next Story

चक्रवात अर्नबको कहर, भारतमा ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित, नेपालमा पनि वर्षा र हिमपातको जोखिम

Bizshala •
October 28, 2026 • 09:31 AM
3
3 reads 0 reactions

काठमाण्डौ । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ७१४ गाउँ प्रभावित भएका...

चक्रवात अर्नबको कहर, भारतमा ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित, नेपालमा पनि वर्षा र हिमपातको जोखिम

काठमाण्डौ । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ७१४ गाउँ प्रभावित भएका छन्। चक्रवातसँगै आएको तीव्र हावाहुरी र भारी वर्षाले विभिन्न क्षेत्रमा घर, विद्युत् संरचना र कृषिबालीमा क्षति पुर्‍याएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार चक्रवातका कारण कम्तीमा ३० वटा घरमा क्षति पुगेको छ। विभिन्न जिल्लामा घरका छाना उड्नुका साथै रुख र बिजुलीका खम्बा ढलेका छन्। तटीय क्षेत्रका होचा भूभाग डुबानमा परेका छन्।

चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको हो। भारतीय मौसम विज्ञान विभागका अनुसार अर्नब काकीनाडानजिकै जमिनमा प्रवेश गरेको थियो। उक्त क्षेत्र यानमको दक्षिण तथा बापटला र विशाखापट्टनमबीच पर्छ।

चक्रवातको प्रभाव आन्ध्र प्रदेशसँगै ओडिशाका दक्षिणी जिल्लामा पनि देखिएको छ। ती क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भइरहेको जनाइएको छ।

आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा धानबाली डुबानमा परेको छ भने १६७ गाउँमा बाढीको चेतावनी जारी गरिएको छ।

अर्नबको निरन्तर हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको बताइएको छ।

जमिनमा प्रवेश गरेसँगै चक्रवात क्रमशः कमजोर हुँदै गएको छ। सुरुमा ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीमा रहेको प्रणालीलाई घटाएर ‘भीषण चक्रवाती आँधी’मा झारिएको छ।

दिउँसोसम्म यो अझ कमजोर भएर सामान्य चक्रवाती आँधी र साँझसम्म गहिरो न्यूनचापीय प्रणालीमा परिणत हुने अनुमान गरिएको छ।

चक्रवात अर्नबको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने भएकाले यहाँको मौसममा पनि असर पर्ने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातसँग सम्बन्धित बादल माथिल्लो वायुमण्डलीय प्रणालीसँग मिसिएपछि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्छ।

मौसमविद् बिनु महर्जनका अनुसार यसको प्रभावको संकेत बुधबारदेखि नै देखिन थाल्नेछ। बिहीबार रातिदेखि भने उच्च हिमाली क्षेत्रमा हिमपात र अन्य भूभागमा वर्षाको सम्भावना बढ्नेछ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मध्यमसम्म वर्षा वा हिमपात हुन सक्ने अनुमान छ। एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना पनि रहेको मौसमविद्को भनाइ छ।

मौसमविद्ले उच्च हिमाली क्षेत्रमा तत्काल यात्रा नगर्न, पहिल्यै पुगेकाहरूलाई सुरक्षित स्थानतर्फ झर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#भारत #मृत्यु #जनाको
Compare →
Ekantipur
10m ago
बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

#मृत्यु #जनाको
Compare →
Nagarik News
50m ago
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#मृत्यु #जनाको
Compare →
Onlinekhabar
2h ago
अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

२८ कात्तिक, अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट …

#मृत्यु #जनाको
Compare →

Related Stories

National (Nepal)
Build #2612