पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै फ्लीटवुडले प्रतियोगिताकै सानदार जित हात पारेको हो।
काठमाडौँ — काराबाओ कपमा प्रिमियर लिग च्याम्पियन आर्सनललाई स्तब्ध पार्दै फ्लीटवुड टाउन क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै फ्लीटवुडले प्रतियोगिताकै सानदार जित हात पारेको हो।
खेलको २१औँ मिनेटमा आरोन लुपालो–बीले गोल गर्दै फ्लीटवुडलाई अग्रता दिलाएका थिए । फुटबलको वरीयतामा आर्सनलभन्दा ८४ स्थान तल रहेको फ्लीटवुडले पहिलो हाफमै अप्रत्याशित अग्रता बनाएको थियो । दोस्रो हाफमा भिक्टर ग्योकेरेसले गोल गर्दै आर्सनललाई खेलमा फर्काए ।
तर, त्यसपछि आर्सनलले थप गोल गर्न सकेन । खेलको ८६औँ मिनेटमा म्याक्स डाउम्यानले ह्यारिसन निलसँगको ट्याकलपछि आक्रामक प्रतिक्रिया जनाउँदै विपक्षी खेलाडीलाई फल गरेपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।
निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गोलरक्षक जे लिन्चले बेन ह्वाइट र मार्टिन ओडेगार्डको प्रहार उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई टाइब्रेकरमा पुर्याएका थिए। टाइब्रेकरमा पनि लिन्चले ब्रुनो गुइमारेसको प्रहार रोके । त्यसपछि कोनर हग्हीले निर्णायक पेनाल्टीमा गोल गरेपछि फ्लीटवुडले ऐतिहासिक जित दर्ता गर्यो ।