Trending
Prev Story
Next Story

राष्ट्रसंघको बैठकमा अमेरिका र क्युवाका प्रतिनिधिबीच किन भयो चर्काचर्की?

Ekantipur •
October 28, 2026 • 02:30 AM
3
3 reads 0 reactions

अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो ।

राष्ट्रसंघको बैठकमा अमेरिका र क्युवाका प्रतिनिधिबीच किन भयो चर्काचर्की?

अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो ।

संयुक्त राष्ट्रसंघमा अमेरिका र क्युवाका प्रतिनिधिबीच चर्काचर्की भएको छ । अमेरिकी राजदूत माइक वल्ट्जले क्युवामाथि गम्भीर आरोप लगाएपछि क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लासहितको प्रतिनिधिमण्डलले आपत्ति जनाएको हो ।

संयुक्त राष्ट्रसंघमा बोल्ने क्रममा अमेरिकी राजदूत वल्ट्जले क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको शासनकालमा हजारौं समलिंगी, इसाई, अफ्रिकी मूलका क्युबाली र अन्य नागरिकलाई यातना शिविरमा पठाइएको आरोप लगाए ।

‘त्यही सरकारले उनीहरूको सम्पत्ति खोस्यो र जबरजस्ती श्रम गराएर नाफा कमायो,’ उनले भने ।

क्युवाको राजधानी हवानाले देशमा विगतमा भएका घटनाबारे विश्वलाई भ्रममा पार्ने प्रयास गर्दै आएको आरोप पनि उनले लगाए । ‘त्यसबेला के भएको थियो भन्ने हामीलाई थाहा छ र आज हामी त्यसबारे विश्वसामु कुरा राख्न आएका छौं,’ उनले भने ।

अमेरिकी राजदूतले सम्बोधन गरिरहेका बेला क्युवाली प्रतिनिधिमण्डलका सदस्यहरू उठेर आपत्ति जनाएका थिए । उनीहरूले अमेरिकी राजदूतको भनाइ फिर्ता लिन माग गरेपछि केही समय बैठकमा होहल्ला भएको थियो । त्यसक्रममा वल्ट्जले आफ्नो सम्बोधन रोक्नुपरेको थियो ।

त्यसपछि वल्ट्जले अध्यक्षलाई सम्बोधन गर्दै प्रतिनिधिमण्डलको व्यवहारप्रति टिप्पणी गरे । उनले भने, ‘मलाई आशा छ, अध्यक्ष महोदय, अहिले सबैले प्रतिनिधिमण्डलको कुरा सुनिरहेका छन् । राजदूत र क्यामेराले भरिएको कोठामा होइन, हवानामै कसैले यस्ता प्रश्न सोध्दा के हुन्छ होला, कल्पना गर्नुहोस् । यहाँ पनि यस्तो धम्की र अवरोध देखिँदा ती मानिसहरूमाथि के हुन्छ होला, सोच्नुहोस् ।’

अमेरिका र क्युवाबीच लामो समयदेखि राजनीतिक तथा कूटनीतिक तनाव रहँदै आएको छ । संयुक्त राष्ट्रसंघमा भएको पछिल्लो घटनाले दुई देशबीचको विवाद पुनः सतहमा ल्याएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
अमेरिकामा देशव्यापी हवाइ उडानमा लगाइएको रोक हटाइयो

अमेरिकामा देशव्यापी हवाइ उडानमा लगाइएको रोक हटाइयो

काठमाडौं । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले सञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभरका विमानस्थलमा लगाएको ‘ग्राउन्ड स्टप’ आदेश केही घण्टापछि हटाएको छ । तर, उडान सेवा तत्काल सामान्य ...

#अमेरिकी #अमेरिका
Compare →
Nagarik News
2h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#अमेरिकी #अमेरिका
Compare →
Onlinekhabar
1d ago
संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

२६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । टर्कीए अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटका …

#राष्ट्रसंघ
Compare →

Related Stories

World News
Build #2612