समूह ‘बी’ मा रहेका अभिषेकले दोस्रो चरणको खेलमा सोमबार आफूभन्दा माथिल्लो वरीयताप्राप्त रोमानियाका एडरियन कन्स्टान्टिनलाई ६–१, ६–३ को सोझो सेटमा हराएका छन् ।
काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिषेक बास्तोलाले भारतको बेंगलुरुमा भइरहेको यूटीआर प्रो टेनिस टुर (पीटीटी) मा लगातार जित पाएका छन् ।
समूह ‘बी’ मा रहेका अभिषेकले दोस्रो चरणको खेलमा सोमबार आफूभन्दा माथिल्लो वरीयताप्राप्त रोमानियाका एडरियन कन्स्टान्टिनलाई ६–१, ६–३ को सोझो सेटमा हराएका छन् ।
अघिल्लो दिन उनले भारतका वंश बिस्टाविरुद्ध सोझो सेटमा जित पाएका थिए । उनले ६–१, ६–१ को जित पाएका हुन् ।
यो वर्ष अभिषेकको यो पीटीटीमा पाँचौं सहभागिता हो । गत महिना जापानमा सम्पन्न २० औं एसियाली खेलकुदमा सहभागिता जनाएका अभिषेकको हाल ११.७५ को यूटीआर (युनिभर्सल टेनिस रेटिङ) छ ।
यो प्रतियोगिता विजेताले ३ हजार ६ सय डलर पुरस्कार पाउनेछन् । दोस्रोले २ हजार ७५ डलर पुरस्कार पाउँदा सेमिफाइनलिस्टले २३ सय २५ डलर पाउने छन् । २० औं स्थानसम्मका खेलाडीले पुरस्कार पाउनेछन् ।
व्यावसायिक टेनिसका लागि अभिषेकले आफ्नै प्रयासमा प्रतियोगिताहरूमा सहभागिता जनाइरहेका छन् ।