Trending
Prev Story
Next Story

चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

Ekantipur •
November 13, 2026 • 01:01 PM
2
2 reads 0 reactions

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

चितवनविरुद्ध जनकपुरको निराशजनक ब्याटिङ

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले चितवन राइनोजविरुद्ध निराशाजनक ब्याटिङ गरेको छ । पहिलो सिजनको च्याम्पियन जनकपुरले टस जितेर ब्याटिङ रोजेपछि निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८८ रनमात्र बनाउन सक्यो ।

प्लेअफ पुग्ने झिनो आशालाई जिवितै राख्न जित्नै पर्ने खेलमा जनकपुरले फितलो ब्याटिङ गरेको हो । चितवनलाई प्ले अफमा पुग्न बाँकी रहेको दुबै खेल जित्नै पर्ने अवस्था रहेको छ ।

तृतराज दास ९ बल खेली ५ रन बनाई रन्जीत कुमारको बलमा आउट भए । चितवनका कप्तान सिकन्दर राजाले आफ्नै देश जिम्बावेका ब्याटर रायन बर्ललाई ६ रनमा बोल्ड गरी दोस्रो सफलता दिलाए । देव्रेहाते स्पिनर रन्जीतले ओपनर सन्तोष कार्की र हयारी ट्रक्टरलाई आउट गरेपछि चितवनले खेल पूर्णरुपमा नियन्त्रणमा लियो ।

प्रतियोगितामा पहिलो खेल खेलिरहेका सन्तोषले १ छक्कासहित ११ बलमा १० रन बनाए भने ट्रक्टरले खाता खोल्न पनि भ्याएनन् । विशाल सुस्लिङले १३ बल खेली समान १ चौका र छक्कासहित १५ रन बनाए । तर जिम्मी निसम शून्य र अभिषेक तिवारी ४ रनमा आउट भएपछि जनकपुर ६२–७ को स्थितिमा पुगेको थियो ।आदित्य महता २६ बल खेली ४ रनमा आउट भएका थिए ।

कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए । २५ बल खेली २ चौका र १ छक्का प्रहार गरी उनी अन्तिम ओभरमा आउट भए । इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेका राहुल यादव १० बल खेली १० र ललित राजवंशी २ रन बनाई अविजित रहे ।

चितवनका रन्जीत कुमारले ३ ओभरमा १ मेडन राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिए । सिकन्दरले ४ ओभरमा २ मेडन राख्दै १० र कामिल मिसराले ३ ओभरमा १८ रन खर्चेर २–२ विकेट लिए । कमलसिंह ऐरी र रिजन ढकालको नाममा १–१ विकेट रहयो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
16h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#जनकपुर #ब्याटिङ #चितवनविरुद्ध
Compare →
Hamro Patro News
17h ago
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। जनकपु...

#जनकपुर #ब्याटिङ
Compare →
Onlinekhabar
15h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#जनकपुर #ब्याटिङ
Compare →
Arthasansar
14h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#जनकपुर #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612