Trending
Prev Story
Next Story

पाल्पा च्याम्पियन्स ट्रफी : फ्रेन्ड्स ब्वाइज क्लब र दमकडा क्रिकेट क्लब विजयी

Ekantipur •
October 26, 2026 • 04:00 PM
3
3 reads 0 reactions

पहिलो खेलमा असेर्दी क्रिकेट क्लबलाई फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबले दुई विकेटले हरायो ।

पाल्पा च्याम्पियन्स ट्रफी : फ्रेन्ड्स ब्वाइज क्लब र दमकडा क्रिकेट क्लब विजयी

पहिलो खेलमा असेर्दी क्रिकेट क्लबलाई फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबले दुई विकेटले हरायो ।

पाल्पा — ‘पाल्पा च्याम्पियन्स ट्रफी’ जिल्लास्तरीय क्रिकेट लिग प्रतियोगिताअन्तर्गत सोमबार भएका दुई खेलमा फ्रेन्ड्स ब्वाइज क्लब र दमकडा क्रिकेट क्लब विजयी भएका छन् ।

जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा असेर्दी क्रिकेट क्लबलाई फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबले दुई विकेटले हराएको छ । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ रोजेको असेर्दीले ७ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो । असेर्दीका लागि सुमन पाण्डेयले ३१, रिसीराम जिटीले १७, माधव अधिकारीले १५ र विष्णु खड्काले १२ रन जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने असेर्दीले अतिरिक्त ३१ रन पायो । बलिङतर्फ फ्रेन्ड्स ब्वाइजका रोशन बस्याल, दिवस अर्याल, सफल भट्टराई र विप्लव जीसीले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा फ्रेन्ड्सले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर अन्तिम बलमा लक्ष्य पूरा गर्न सफल भयो । रोशन नेपाल र रोशन बस्यालले २२/२२ रन जोडे भने साहिद अली र सफल भट्टराईले १८/१८ रन जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् भने अतिरिक्त १५ रन पायो । बलिङतर्फ असेर्दीका माधव अधिकारी र प्रदीप अर्यालले दुई/दुई विकेट लिए भने नारायण अर्यालले एक विकेट लिए ।

अर्को खेलमा दमकडा क्रिकेट क्लबले न्यू एमएम सिटी क्लबलाई ९ रनले हराएको छ । निर्धारित २० ओभरको खेलमा पहिले ब्याटिङ रोजेको दमकडाले ९ विकेट गुमाएर १ सय ५३ रन जोडेको थियो । दमकडाका लागि विपिन भट्टराईले ४७, सागर बस्यालले ३०, केशव पाण्डेयले २७ र आशिष न्यौपानेले १० रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोडेनन् भने अतिरिक्त २४ रन पायो । बलिङतर्फ न्यू एमएम सिटी क्रिकेट क्लबका प्रवेश सारु मगर र हार्दिक बरालले ३/३, केशव रायमाझीले २ र सुशान्त पाण्डेयले एक विकेट लिए ।

जवाफी ब्याटिङमा न्यू एमएम सिटी ७ विकेट गुमाएर २० ओभरमा १ सय ४४ रनमै समेटियो । उसका लागि प्रशान्त पाण्डेयले ३०, स्वीकृत पौडेलले २७, केशव रायमाझीले २४, प्रवेश सारु मगरले २०, सुशान्त पाण्डेयले १४ र सन्दीप बानियाले १३ रन जोडे । बलिङतर्फ दमकडाका आशिष न्यौपानेले दुई तथा भुवन पाण्डेय, सुदीप गैरे र विपिन भट्टराईले एक/एक विकेट लिए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
10h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट
Compare →
Hamro Patro News
17h ago
विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

विराटनगरमा सुरु भयो प्रदेशस्तरीय क्रिकेट छनोट, पहिलोपटक ९ जिल्ला सहभागी

२७ कात्तिक, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशस्तरीय पुरुष क्रिकेट छनोट प्रतियोगिता विराटनगरमा सुरु भएको छ। पहिलोपटक प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगिता शुक्...

#क्रिकेट
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#क्रिकेट
Compare →

Related Stories

Sports
Build #2612