Trending
Prev Story
Next Story

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते

Ekantipur •
October 26, 2026 • 11:00 AM
3
3 reads 0 reactions

भुवन पोखरीको बल्घामा अटो दुर्घटना भएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते

भुवन पोखरीको बल्घामा अटो दुर्घटना भएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पाल्पा — पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, भुवन पोखरीको बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान बल्घाबाट कटौजेपानी मुझुङ्तर्फ जाँदै गरेको लु.प्र.०१००१ ह २४४४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेको छ । अटोमा चालकसहित ८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । त्यही स्थानका २४ वर्षीय फर्सबहादुर नेपाली, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु र २५ वर्षीया मञ्जु दर्लामी मध्यम घाइते भएका छन् । त्यस्तै, ६ वर्षीय इजन खाम्चा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि तानसेनस्थित मिसन अस्पताल पठाएको थियो । घाइते सबैको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको एक लाख राहत, घाइतेको उपचार निःशुल्क ३ मिनेट अघि धनुषा : मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाको परि...

#दुर्घटना #घाइते
Compare →
Nagarik News
22h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
14h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Bizshala
23h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612