Trending
Prev Story
Next Story

चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा : विभाग

Ekantipur •
October 26, 2026 • 11:00 AM
3
3 reads 0 reactions

शुक्रबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा : विभाग

शुक्रबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको ‘अर्णव’ नामक चक्रवातको प्रभावले नेपालका विभिन्न प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आगामी बिहीबारदेखि शनिबारसम्म विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीमा रहेको चक्रवात क्रमशः शक्तिशाली बन्दै जाने र पछि अति शक्तिशाली चक्रवातमा विकसित हुने सम्भावना छ । उक्त चक्रवात उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै बुधबार आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

चक्रवातको प्रभावका कारण बिहीबारदेखि मौसममा बदलाव आउने र विशेषगरी शुक्रबार तथा शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।

शुक्रबारदेखि शनिबारसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको अनुमान छ ।

वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभागले पहाडी तथा तराई क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । धानबाली भित्र्याउनेलगायत कृषि कार्यमा संलग्न किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न र उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यस अवधिमा पर्यटकलाई उच्च हिमाली भूभागमा नजान तथा गन्तव्यमा पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ। चिसो बढ्न सक्ने र जोखिमयुक्त स्थानमा पहिरो जान सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि भनिएको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात, दैनिक जनजीवन र अन्य गतिविधि प्रभावित हुन सक्ने भएकाले पूर्वतयारी गर्न विभागले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

मौसमसम्बन्धी थप जानकारी तथा अद्यावधिक पूर्वानुमानका लागि विभागले नियमित रूपमा जारी गर्ने सूचनामा ध्यान दिन पनि विभागले आग्रह गरेको छ ।

बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा रहेको गहिरो न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै सोमबार बिहान चक्रवाती आँधी ‘अर्णव’ मा परिणत भएको थियो ।सोमबार बिहान साढे ५ बजे आँधी बंगालको खाडीको पूर्वमध्य र आसपासको पश्चिममध्य क्षेत्रमा केन्द्रित थियो । यो भारतको अन्डमान टापुस्थित श्री विजयपुरमबाट ५९० किलोमिटर उत्तरपश्चिम, आन्ध्र प्रदेशको विशाखापट्टनमबाट ६५० किलोमिटर पूर्व–दक्षिणपूर्व र काकिनाडाबाट ७३० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।

यो आँधी सोमबार मध्यरातसम्म शक्तिशाली चक्रवाती आँधी र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । विभागका अनुसार चक्रवात बुधबार बिहान बापटला र विशाखापट्टनमबीच आन्ध्र प्रदेश–यानम तट पार गर्ने अनुमान छ । त्यसबेला हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र झोक्कासहित १४० किलोमिटरसम्म पुग्न सक्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

काठमाडौं- भाइटीकाको उल्लासमय वातावरणबीच बुधवार काठमाडौं उपत्यकामा असिनासहित भारी वर्षा भएको छ । दिउँसो अचानक परेको वर्षा र असिनाका कारण भाइटीका लगाउने तथा आफन्त र इष्टमित्रकहाँ टीका थाप्न जाने तया...

#वर्षा #भारी
Compare →
Nagarik News
5h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #स्थान
Compare →
Bizshala
17h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Onlinekhabar
3d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा
Compare →

Related Stories

National (Nepal)
Build #2612