Trending
Prev Story
Next Story

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

Onlinekhabar •
November 11, 2026 • 03:30 AM
2
2 reads 0 reactions

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

पहाडी र तराई क्षेत्रमा कस्तो रहला मौसम ?

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

यसैगरी, मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका साथै कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

चिसो मौसम सुरु भएसँगै देशका तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
13h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#मौसम #वर्षा #सम्भावना
Compare →
Hamro Patro News
18h ago
आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना ५ मिनेट अघि काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आगामी आइतबार (कात्तिक २९) देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौ...

#वर्षा #हिमपात #सम्भावना
Compare →
Ekantipur
18h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #सम्भावना #हिमपात
Compare →
Nagarik News
1h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #सम्भावना
Compare →

Related Stories

Technology
Build #2612