Trending
Prev Story
Next Story

एनपीएल सुरक्षामा १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् : दानबहादुर थापा

Ekantipur •
October 26, 2026 • 08:30 AM
2
2 reads 0 reactions

अनलाइन बेटिङ र खेलसम्बन्धी स्क्याम रोक्न ह्युमन, प्रविधि र ओपन सोर्स इन्टेलिजेन्समार्फत निरन्तर निगरानी गरिनेछ।

एनपीएल सुरक्षामा १२ सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् : दानबहादुर थापा

अनलाइन बेटिङ र खेलसम्बन्धी स्क्याम रोक्न ह्युमन, प्रविधि र ओपन सोर्स इन्टेलिजेन्समार्फत निरन्तर निगरानी गरिनेछ।

काठमाडौँ — नेपाल क्रिकेट एसोसियसननको आयोजनामा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु भएको छ । अघिल्ला दुई संस्करणभन्दा यो संस्करणलाई प्रविधिको प्रयोग, पूर्वाधार विकास, सुरक्षाकर्मी परिचालन सबै हिसाबले व्यवस्थित बनाइएको आयोजकको दाबी छ । लिगलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले कसरी काम गरिरहेको छ भनेर कान्तिपुर टिभीका किरण पौडेल ले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापा सँग गरिएको कुराकानीको अंश :

नेपाल प्रिमियर लिग २०२६ को सुरक्षा व्यवस्थापन कसरी गरिएको छ ?

नेपाल प्रहरी र जिल्ला प्रहरी परिसर, काठमाडौं, आयोजक नेपाल क्रिकेट संघ र जिल्ला सुरक्षा समितिबीच समन्वयमा सुरक्षा योजना बनाएको छ । गत वर्षको अनुभवका आधारमा यस पटक सुरक्षा व्यवस्था अझ सुदृढ बनाइएको छ ।

सुरक्षाका लागि कस्ता प्रविधि र साधन प्रयोग गरिनेछन् ?

सीसीटिभी क्यामेरा, आवश्यकताअनुसार ड्रोन, र डग स्निफिङ (प्रहरी कुकुर)सहितको सुरक्षा टोली प्रयोग गरिनेछ । साथै आधुनिक वैज्ञानिक उपकरण, प्रविधि र नवप्रवर्तन पनि प्रयोग हुनेछन् ।

सुरक्षा कसरी विभाजन र परिचालन गरिएको छ ?

विभिन्न सेक्टरमा कमान्ड पोस्ट स्थापना गरिएको छ । खोज, उद्धार र निकासी (सर्च, रेस्क्यु एन्ड इभ्याकुएसन)का लागि २४ वटा सेक्टर पहिचान गरिएको छ । सुरक्षाका लागि १२ सय २५ भन्दा बढी सुरक्षाकर्मी एनपीएल सुरक्षामा खटिने छन् । यसबाहेक एक सयभन्दा बढी सादा पोसाकमा सुरक्षाकर्मी परिचालन हुनेछन् ।

अवैध गतिविधि र अनलाइन बेटिङ तथा स्क्याम रोक्न के गरिनेछ ?

ह्युमन इन्टेलिजेन्स, प्रविधिमा आधारित इन्टेलिजेन्स र ओपन सोर्स इन्टेलिजेन्स प्रयोग गरेर निगरानी गरिनेछ । अनलाइन बेटिङ, स्पोर्टस् स्क्याम जस्ता गतिविधिको मनिटरिङका लागि विशेष व्यवस्थापन गरिएको छ । नेपालको कानुनले अनलाइन बेटिङलाई प्रतिबन्धित र गैरकानुनी अपराधको रूपमा परिभाषित गरेको छ ।

सर्वसाधारण र सम्बन्धित सबैसँग प्रहरीको अपेक्षा के हो ?

प्रतियोगिता खेल भावना, सद्भाव र सामाजिक एकताका साथ सम्पन्न होस् भन्ने अपेक्षा गरिएको छ । गैरकानुनी क्रियाकलापबाट टाढा रहन र आफ्नो दायित्व पूरा गर्न आग्रह गरिएको छ । साथै गत वर्षका कमजोरी र सुरक्षा ग्यापको आकलन गरी यस पटक सुधार गरिएको छ ।

किरण पौडेल कान्तिपुर मिडिया ग्रुपका संवाददाता हुन् । उनी अदालत र न्याय प्रणालीका रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल
Compare →
Nagarik News
3h ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#सुरक्षा
Compare →
Onlinekhabar
3h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →

Related Stories

National (Nepal)
Build #2612