Trending
Prev Story
Next Story

खुल्न थाले नेपालका सरकारी वेबसाइट

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

९ कात्तिक, काठमाडौं । वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका छन् । अहिले प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात …

खुल्न थाले नेपालका सरकारी वेबसाइट

९ कात्तिक, काठमाडौं । वेबसाइट बनाउन प्रयोग हुने ‘पीएचपी’ नामको प्रोग्रामिङ ल्याङ्ग्वेजको सुरक्षा कमजोरीका कारण गत बिहीबारदेखि बन्द भएका नेपालका सरकारी वेबसाइटहरू खुल्न थालेका छन् ।

अहिले प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, यातायात कार्यालय, मालपोत, राष्ट्र बैंकसहित अधिकांश सरकारी वेबसाइटहरू खुल्न थालेका छन् ।

साइबर सुरक्षा निकायहरूले सम्बन्धित संस्थालाई पीएचपीको सुरक्षा अपडेट तत्काल लागू गर्न र त्यसो गर्न नसक्ने अवस्थामा वेबसाइटहरू अस्थायी रूपमा बन्द राख्न आग्रह गरेका थिए । सोही अनुसार नेपालका सरकारी वेबसाइटहरू पनि खुलेका थिएनन् ।

नेपाल सरकारको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार सुरक्षा प्याच र परीक्षण सम्पन्न भएपछि एक हजार भन्दा बढी सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुन: सामान्य रुपमा सञ्चालनमा आएका हुन् । बाँकी रहेका सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउन केन्द्रका कर्मचारीहरू खटिएका छन् ।

केन्द्रका अनुसार यो कामका लागि दशैं बिदाको समयमा पनि कर्मचारीहरूले निरन्तर काम गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6h ago
लगानीकर्ताले एसआईपीको आलोचना किन गर्न थाले? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

लगानीकर्ताले एसआईपीको आलोचना किन गर्न थाले? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

एसआईपीप्रतिको आकर्षण किन घटन थालेको हो वा लगानीकर्ताहरुले यसबारे किन शंकाहरु गर्न थालेका हुन् ? वार्षिक औसत प्रतिफल ज्यादै न्यून देखिन थालेको भन्ने आलोचनाको पृष्ठभूमी के हो ?

#थाले
Compare →
Bizshala
2d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#थाले
Compare →
Hamro Patro News
2d ago
यात्रु चढेको इभी दुर्घटनाः मृतकको पहिचान खुल्न बाँकी

यात्रु चढेको इभी दुर्घटनाः मृतकको पहिचान खुल्न बाँकी

हेटौँडा। इभी दुर्घटनाका मृतकको पहिचान खुल्न बाँकी रहेको छ । मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेका यात्रुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । छठ मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका...

#खुल्न
Compare →
Arthasansar
2d ago
इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने

इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले तेहरानले वार्ताका लागि अमेरिकाअघि सारेका सातवटा सर्तको जवाफ पर्खिरहेको बताएका छन्। यसका साथै उनले वासिङ्टनसँग...

#सुरक्षा #खुल्न
Compare →

Related Stories

Politics & Governance
Build #2612