Trending
Prev Story
Next Story

भोजपुरमा पाक्ने बेलाको धानमा ‘लाइ किरा’ को प्रकोप

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

९ कात्तिक, भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’ को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट …

भोजपुरमा पाक्ने बेलाको धानमा ‘लाइ किरा’ को प्रकोप

९ कात्तिक, भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाइ किरा’ को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा परालसमेत नष्ट हुन थालेको किसानले बताएका छन् ।

भोजपुर नगरपालिका–५ बोखिमका अधिकांश किसानको खेतमा लाइ किराको समस्या देखिएको स्थानीय किसान धनबहादुर थापाले जानकारी दिए । विगतका वर्षमा यस्तो समस्या नदेखिएको भए पनि यस वर्ष किराको प्रकोपले धानबालीमा क्षति पुर्‍याएको उनले बताए ।

धानको फेदमा किराले क्षति पुर्‍याउँदा बोट कमजोर भई ढल्ने गरेको र त्यसले धान तथा पराल दुवैमा नोक्सानी पुर्‍याएको उनले जानकारी दिए । धानबालीमा किराको प्रकोप देखिएपछि यस वर्ष उत्पादनमा समेत असर पर्ने चिन्ता किसानमा बढेको छ ।

‘विगतका वर्षमा धानमा यसरी लाइ किराको प्रकोप देखिएको थिएन’,उनले भने, ‘किराले धानको फेदमै क्षति पु¥याएपछि बोट ढल्न थालेका छन् । यसले धानको उत्पादनमा मात्र नभई पशुचौपायाका लागि आवश्यक परालमा समेत नोक्सानी पु¥याएको छ ।’

भोजपुर नगरपालिका–५ का अर्की किसान गीता विष्टले पनि धानको फेदमा लाइ किराको समस्या देखिएको बताउनुभयो । किराको प्रकोपका कारण धानको बोटसँगै बालामासमेत क्षति पुगेको उनले जानकारी दिए ।

‘धानको फेदमा लाइ किरा लागेर रस चुस्ने गरेको छ । जसले गर्दा बोट सुक्ने र बाला कालो भई झर्ने समस्या देखिएको छ’, उनले भने, ‘वर्षभरि खाने मुख्य बाली नै भित्राउने बेलामा नष्ट हुन थालेपछि हामी किसान समस्यामा परेका छौँ ।’

धान पाक्ने तथा भित्राउने समय नजिकिँदै गर्दा बालीमा यस्तो समस्या देखिएपछि मेहनत र लगानी खेर जाने चिन्ता बढेको किसानको भनाइ छ ।

धानका बोट ढल्दा बाली भित्राउन कठिन हुने तथा धान र पराल दुवैमा क्षति पुग्ने भएकाले किसान थप समस्यामा परेका छन् ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
9h ago
बाँकेमा सहकारीद्वारा धान खरिद

बाँकेमा सहकारीद्वारा धान खरिद

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ।

#धान
Compare →
Nagarik News
2d ago
असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

असिना पानीले भोजपुरका किसानको पाकेको धानबालीमा क्षति

जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ।

#किसान #भोजपुर
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612