Trending
Prev Story
Next Story

कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृ*त्यु हुनेको सङ्ख्या उच्च

Nagarik News •
October 25, 2026 • 12:43 AM
3
3 reads 0 reactions

कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या सुर्खेतमा भएको पाइएको छ।

कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृ*त्यु हुनेको सङ्ख्या उच्च

कर्णाली प्रदेशका दश जिल्लामध्ये सबैभन्दा बढी सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्या सुर्खेतमा भएको पाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको आर्थिक वर्ष २०८२/०८३ को अभिलेखमा सवारी दुर्घटनाबाट सुर्खेतमा २४ पुरुष, नौ महिला र चार बालक गरी ३७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

रुकुमपश्चिममा १२ पुरुष, चार महिला, दुई बालक र चार बालिका गरी २२  तथा सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए।

त्यस्तै, सल्यानमा १७ पुरुष, तीन महिला र एक बालक गरी २१, कालीकोटमा ११ पुरुष, एक महिला र एक बालिका गरी १३, दैलेखमा आठ पुरुष, तीन महिला र एक बालक गरी १२, जाजरकोटमा सात पुरुष, एक महिला र एक बालक गरी नौ, हुम्लामा पाँच पुरुष, एक महिला, एक बालक र एक बालिका गरी आठ, जुम्लामा तीन पुरुष, एक बालकसहित चार, डोल्पामा छ पुरुष र मुगुमा तीन पुरुषको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरी उपरीक्षक घर्तीले बताए।

त्यसैगरी, वर्षभरिको सवारी दुर्घटनामा सुर्खेतमा ७१३ पुरुष, ३०० महिला, ११५ बालक र ६७ बालिका गरी जम्मा एक हजार १९५, रुकुमपश्चिममा १४१ पुरुष, ६२ महिला, ३३ बालक र २६ बालिकासहित २६२, सल्यानमा ९७ पुरुष, ५९ महिला, २३ बालक र २३ बालिका गरी २०२, दैलेखमा ११९ पुरुष, ६० महिला, १४ बालक र सात पुरुष गरी २०० जना घाईते भएको उनले बताए।

त्यस्तै, जाजरकोटमा ५९ पुरुष, ३७ पुरुष, १५ बालक, १५ बालिका गरी १२६, कालीकोटमा ५६ पुरुष, २६ महिला, नौ बालक र पाँच बालिका गरी ९६, जुम्लामा ४५ पुरुष, २१ म्हिला, आठ बालक र दश बालिका गरी ८४, डोल्पामा ३९ पुरुष, नौ महिला, छ बालक र दुई बालिका गरी ५६, हुम्लामा ३३ पुरुष, १७ महिला, दुई बालक र दुई बालिका गरी ५४ र मुगुमा १७ पुरुष, सात महिला, तीन बालक र तीन बालिका गरी ३० जना सवारीमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। रासस

प्रकाशित: ८ कार्तिक २०८३ ०६:२८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
16h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #त्यु
Compare →
Arthasansar
20h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी #दुर्घटना
Compare →
Ekantipur
22h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#दुर्घटना #त्यु
Compare →
Onlinekhabar
13h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Bizshala
22h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Technology
Build #2612