Trending
Prev Story
Next Story

किम जोङ उन चीन भ्रमणमा

Hamro Patro News •
October 24, 2026 • 09:20 AM
1
1 reads 0 reactions

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका छन्। दक्षिण कोरियाली सरकारका अनुसार एक वर्षको अवधिमा उनको यो पहिलो चीन भ्रमण हो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार भर्खरै सञ्चाल...

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका छन्। दक्षिण कोरियाली सरकारका अनुसार एक वर्षको अवधिमा उनको यो पहिलो चीन भ्रमण हो । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार भर्खरै सञ्चालनमा आएको उत्तर कोरिया र चीन जोड्ने नयाँ पुल तरेर किम सीमावर्ती सहर डानडोङ पुगेका छन् । यसै महिना सञ्चालनमा आएको यालु नदीको पुल दुई देशबीचको निकट सम्बन्धको महत्वपूर्ण प्रतीक बनेको विश्लेषकहरूको भनाइ छ। चौबीसै घण्टा दुवैतर्फबाट भारी कन्टेनर तथा ट्रकहरू ओहोरदोहोर गर्न सक्ने यो पुलले दुई देशबीचको व्यापार विस्तारमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

यद्यपि, किमको यस भ्रमणबारे उत्तर कोरियाली सञ्चार माध्यमहरूले कुनै खबर सार्वजनिक गरेका छैनन् भने चिनियाँ विदेश मन्त्रालयले पनि यसको आधिकारिक पुष्टि गरिसकेको छैन । तर, जापानी समाचार संस्था क्योदोका अनुसार डानडोङका केही क्षेत्रहरूमा कडा सवारी प्रतिबन्ध लगाइएको छ र त्यहाँका होटलहरूमा कोठा बुकिङ बन्द गरिएको छ ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
7h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#चीन #भ्रमण
Compare →
Onlinekhabar
15h ago
चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

चीन जाने सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन– भ्रमणलाई राष्ट्रिय हितमा केन्द्रित गर्नू

२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा नेताहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिएका छन् …

#चीन #भ्रमण
Compare →
Ekantipur
1d ago
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#चीन #भ्रमण
Compare →
Bizshala
17h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#कोरियाली #उत्तर
Compare →

Related Stories

World News
Build #2612