काठमाडौँ - रंगीन फलफूल तथा तरकारी, स्वस्थ बोसोयुक्त खानेकुरा र फर्मेन्टेड खाद्य पदार्थको नियमित सेवनले छालालाई स्वस्थ राख्न, चाउरीपना कम गर्न र कोलाजेनको क्षय रोक्न सहयोग गर्न सक्ने विभिन्न अध्ययनले देखाएका छन् । छालाको हेरचाहमा बाहिरी सौन्दर्य प्रसाधनसँगै खानपानले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।
छाला मानव शरीरको सबैभन्दा ठूलो अंग हो । यसले शरीरलाई बाह्य वातावरणका हानिकारक तत्त्वबाट जोगाउने महत्त्वपूर्ण काम गर्छ । तर वायु प्रदूषण, सूर्यको विकिरण, बढ्दो तापक्रम र उमेरसँगै छालामा परिवर्तन आउँछ । समय बित्दै जाँदा छालालाई संरचना र कसिलोपन दिने कोलाजेन नामक प्रोटिनको मात्रा घट्दै जाने भएकाले चाउरी पर्ने समस्या बढ्न सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( swasthyakhabar.com )