Trending
Prev Story
Next Story

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

Ekantipur •
October 24, 2026 • 09:30 AM
2
2 reads 0 reactions

बेनी–जोमसोम सडकमार्ग खुलेपछि बिहीबार र शुक्रबार मात्रै ७ हजार ८४६ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

बेनी–जोमसोम सडकमार्ग खुलेपछि बिहीबार र शुक्रबार मात्रै ७ हजार ८४६ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।

मुस्ताङ — दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ । दसैँ अघि सुनसान जस्तै बनेको मुस्ताङमा यही बिहीबारदेखि भने पर्यटकको आगमन सङ्ख्या वृद्धि हुन थालेको हो ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी  र गत असोज ११ गतेको भारी वर्षाका कारण बाढी पहिरो र नदी कटानले मुस्ताङ जोड्ने (बेनी-जोमसोम) सडकमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा मुस्ताङमा पर्यटकको आगमन सङ्ख्या घटेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार दसैँपछि बेनी-जोमसोम सडकमार्ग हुँदै पर्यटक मुस्ताङ आउने सङ्ख्या बढेको छ ।

यसवर्ष घटस्थापनादेखि विजया दशमीको दिनसम्म बेनी-जोमसोम सडकमार्गबाट  पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए । जसमध्ये  पुरुष तीन हजार ७३८ र महिला एक हजार ९२५ जना रहेका थिए । प्रहरी निरीक्षक ईश्वर महतका अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनको अवधिमा उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिदा चार हजार ४०९ अर्थात् (७७ दशमलव ८५) प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

प्राकृतिक विपद्का कारण बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकोमा दसैँपछि मुस्ताङमा पर्यटक आगमन सङ्ख्या वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । प्रहरी निरीक्षक महतका अनुसार दसैँपछि बिहीबार र शुक्रबार गरी दुई दिनमा सात हजार ८४६ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । दसैँ टिकापछिको पहिलो दिन बिहीबार  तीन हजार ३३ जना र दोस्रो दिन शुक्रबार  चार हजार ८१३ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । दसैँपछि मुस्ताङ भ्रमण गर्ने दैनिक औसत क्रमशः वृद्धि हुँदै जान थालेको प्रहरी निरक्षक महतको भनाइ छ । चालु वर्षको साउनमा  तीस हजार ५३४ जना, भदौमा बीस हजार २६८ जना र असोज महिनामा अठार हजार ६०१ जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।

दसैँ–तिहार बिदामा मुस्ताङमा पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ । दसैँ बिदामा विदेशबाट स्वदेश फर्किएका र दसैँ बिदाको अवसर पारेर निजामती कर्मचारी, बैंक तथा वित्तिय संस्थालगायत देशका विभिन्न भागमा मुस्ताङ भ्रमण गर्न पर्यटक मुस्ताङ आउने गर्छन । यसपटक पनि दसैँ-तिहार र छठ पर्वसम्म स्वदेशी तथा विदेशी पर्यटकको उपस्थिति वृद्धि हुनेमा यहाँमा पर्यटन व्यवसायी विश्वस्त रहेका छन् ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गरी कोरलानाका, झोङ गुफा, लोमान्थाङ दरबार, घर गुम्बा, चोङ्सी गुफा, ढुम्बाताल, टिटी ताल  लगायतका यहाँका दर्जनौँ पर्यटक गन्तव्यहरू रहेका मुस्ताङमा पर्यटकको आकर्षण बढ्दो रहेको छ ।

यहाँका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, जैविक विविधिता, हिमाली भू–दृश्य र प्राकृतिक सौन्र्दयताले मुस्ताङमा पर्यटक उपस्थिति हुने गरेको छ । भोटेकोशी बाढी घटना र बेनी-जोमसोम अवरुद्धका कारण सुस्ताएको मुस्ताङको पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

२२ कात्तिक, मुस्ताङ। तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुन्। यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र …

#मुस्ताङ #पर्यटक
Compare →
Hamro Patro News
5d ago
तिहार बिदामा बढे मुस्ताङ घुम्ने पर्यटक

तिहार बिदामा बढे मुस्ताङ घुम्ने पर्यटक

तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेका हुन्। यस वर्ष मौसम प्रतिकूलका...

#मुस्ताङ #पर्यटक
Compare →
Nagarik News
1d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक #चहलपहल
Compare →

Related Stories

World News
Build #2612