Trending
Prev Story
Next Story

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल

Ekantipur •
October 24, 2026 • 09:30 AM
2
2 reads 0 reactions

विद्युत् विस्तार र सरकारी अनुदानमा साना मिल वितरण भएपछि घरमै कुटानी सुविधा बढ्दा ठूला मिलमा पुग्ने स्थानीयको संख्या घटेको छ।

ढिकी जाँतो बिस्थापित, घरघरमा साना मिल

विद्युत् विस्तार र सरकारी अनुदानमा साना मिल वितरण भएपछि घरमै कुटानी सुविधा बढ्दा ठूला मिलमा पुग्ने स्थानीयको संख्या घटेको छ।

भोजपुर — भोजपुरका ग्रामीण क्षेत्रमा पनि ढिकी जाँतो बिस्थापित हुँदै जान थालेको छ ।

ग्रामीण बस्तीमा समेत विद्युतको पहुँच पुगेपछि ढिकी जाँतोको बिकल्प साना मिल बनेको हो । साना मिलका कारण ठूला कुटानी मिल समेत बिस्थापित हुन थालेको छ ।

अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँगाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् ।

अनुदानमा विभिन्न सरकारी निकायबाट साना मिल वितरण हुन थालेपछि घरघरमा मिल राख्न सुरु गरिएको छ । मिल सञ्चालन गर्दै आउनु भएका निरकुमार प्रधानले भने, ‘गाउँघरबाट ढिकी, जाँतो त विस्थापित हुँदै गयो । अहिले त साना मिलका कारण ठूला मिलसमेत विस्थापित हुँदै गएका छन् ।’

विद्युत गाउँगाउँमा पुगेसँगै घरघरमा साना मिल जडान हुन थालेका उनले बताए ।

घर परिवारमा ठूला मिलसम्म धान, मकै कोदो लिएर कुटाउन जानेको संख्या पनि कमी हुँदै गएकाले पनि घरघरमै साना मिल राख्न थालिएको साना मिल सप्लायर्स बाजिम मगरले बताए ।

उनले भने, ‘अहिले मेरोमा साना मिल खरिद गर्नेको सङ्ख्या बढदै गएको छ । ४०-४५ हजारमै साना मिल खरिद गर्नसक्ने भएकाले यसतर्फ आर्कषण बढेको हो ।’

सानो मिल आएपछि समय र श्रम दुवैको बचत भएको स्थानीय नवीन प्रधानले बताए । साना मिलले स्थानीयवासीलाई सहजता थपिएको उनको भनाइ थियो ।

‘आफूलाई आवश्यक पर्ने थोरै सामग्री घरमै कुट्न सकिने भएकाले यो मिल प्रभावकारी देखिएको छ । ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको सङ्ख्या घटदै जान थालेपछि आफूले लामो समय सञ्चालन गरेको मिल बन्द गरेको अत्तर राइस मिलका सञ्चालक जीवन श्रेष्ठले बताए ।

नेपाल नेपाल न्यूज बैंक न्युज एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
3d ago
आधुनिक मिलको बढ्दो प्रयोगसँगै जुम्लाका परम्परागत पानी घट्ट लोप हुँदै

आधुनिक मिलको बढ्दो प्रयोगसँगै जुम्लाका परम्परागत पानी घट्ट लोप हुँदै

काठमाडौं – आधुनिक विद्युतीय मिलको प्रयोग बढ्दै गएपछि जुम्लाका ग्रामीण क्षेत्रमा परम्परागत पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय गाउँघरमा अन्न पिस्ने प्रमुख माध्यम रहेका पानी घट्ट पछिल्ल...

#मिल
Compare →

Related Stories

Technology
Build #2612