Trending
Prev Story
Next Story

दसैं बिदामा सौराहामा पर्यटकको घुइँचो

Nagarik News •
October 24, 2026 • 08:06 AM
1
1 reads 0 reactions

दसैंअघि सुनसानजस्तै बनेको चितवनको पर्यटकीय नगरी सौराहा अहिले पर्यटकले भरिभराउ छ।

दसैं बिदामा सौराहामा पर्यटकको घुइँचो

बुटवलकी वन्दना ढुंगाना डुंगा सयर गर्ने तयारीमा छिन्। शुक्रबार साँझपख चितवनको पर्यटकीय नगरी सौराहा झरेकी उनी दुई दिन घुम्न परिवारसहित आएकी हुन्। दसैं बिदा पारेर आएकी ढुंगानाको सौराहाको सबै क्षेत्र घुम्ने योजना छ।

‘यसपटक दसैंको लामो बिदा भयो। सौराहा रमाइलो पनि हुन्छ,’ डुंगा सयर गर्ने बेलामा भेटिएकी उनले भनिन्, ‘घुम्न भनेपछि धेरै रमाइलो हुन्छ।’ उनले शनिबार जंगल सफारी गरेर फर्किने योजना रहेको सुनाइन्।

तनहुँ दुलेगौंडाका लक्ष्मण पुरी पनि सौराहाको ड्याम साइडमा घुम्दै गरेको अवस्थामा भेटिए। उनी दसैं बिदामा परिवारसहित घुम्न सौराहा आएका हुन्। ‘म प्रत्येक वर्ष बिदामा घुम्ने गर्छु। यस पटक सौराहामा जिप सफारी, मचानमा बासलगायतका क्षेत्रमा घुमिसक्यौं,’ उनले भने, ‘अब बाँकी घुम्ने अन्य ठाउँहरूमा जाने योजना छ।’

उनीहरू मात्र होइनन्, सौराहामा घुम्न आउनेको बाक्लो चहलपहल देखिन्छ। दसैं बिदामा घुम्नका लागि सौराहा पर्यटकहरूको रोजाइमा परेको देखिन्छ। अहिले परिवारसहित सौराहामा घुम्न निस्किएका आन्तरिक पर्यटकहरू भेटिन्छन्।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का कृष्ण खनालले दसैं बिदा मनाउन परिवारसहित घुम्न आएको बताए। ‘पहिले एक्लै घुम्न आइन्थ्यो। अहिले चार जनाको परिवारसहित १४ जना भएर आएका छौं,’ उनले भने, ‘यहाँको बसाइ समेत राम्रो लाग्यो, संग्रहालय लगायतका धेरै ठाउँ घुम्यौं। अझै धेरै ठाउँ घुम्न बाँकी छ।’

दसैंअघि सुनसानजस्तै बनेको चितवनको पर्यटकीय नगरी सौराहा अहिले पर्यटकले भरिभराउ छ। दसैंको टीकापछि पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायी बताउँछन्। ‘अहिले आन्तरिक तथा विदेशी पर्यटकहरू हात्ती सफारी, डुंगा सयर र जिप सफारीमा भरिभराउ छन्। यसले पर्यटन व्यवसायीहरूमा उत्साह थपेको छ,’ सौराहाका पर्यटन व्यवसायी सुमन घिमिरेले भने।

भोटेकोसी बाढीले चितवनको पर्यटन व्यवसायमा ह्रास आएको थियो। यसपटक सिजनको केही महिना पर्यटकहरूको संख्या निकै कम थियो तर टीकापछिको समयमा भने पर्यटकहरू उल्लेखनीय देखिएको उनले बताए।

विशेषगरी सौराहामा असोजदेखि वैशाखसम्म पर्यटकको सिजन मानिन्छ। अहिलेको पर्यटकको चहलपहलले अप्रिलसम्म रहनेमा पर्यटन व्यवसायीहरू आशावादी रहेको होटल व्यवसायी संघ नेपालका केन्द्रीय सदस्य समेत रहेका घिमिरेले बताए।

चितवनको सौराहामा एक रातमा १० हजार पर्यटक अट्ने क्षमताका होटल तथा रेस्टुरेन्टहरू छन्। यतिखेर ७५ प्रतिशतसम्म होटलहरूमा अकुपेन्सी रहेको व्यवसायीहरूको भनाइ छ।

पर्यटन व्यवसायी गोकर्ण गिरीले दसैंको टीकापछि आन्तरिक र बाह्य पर्यटकको संख्या उल्लेखनीय मात्रामा बढेको बताए। ‘पर्यटकहरू दसैंको बिदामा धेरै देखिएका छन्। यो समयमा सौराहालाई धेरै मन पराउने गर्नुहुन्छ। वन्यजन्तु र शान्त ठाउँ पनि छ,’ उनले भने, ‘सबै होटल भरिभराउ छन्। कसैको रेस्टुरेन्टमा चहलपहल छ, कसैको पानी बिकेको छ। सौराहाको सबै क्षेत्रलाई कुनै न कुनै रूपमा फाइदा पुगेको छ।’

सौराहामा पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकन, सामुदायिक वनहरूमा जिप सफारी, हात्ती सफारी, जंगलवाक, राप्तीलगायतका नदीहरूमा डुंगा सयर गर्न आउने गरेका छन्।

अहिले आन्तरिक पर्यटकसँगै सौराहामा विदेशी पर्यटक पर्यटकहरू पनि बढेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार हाल अमेरिका, युरोप, चीन लगायतका देशबाट पर्यटकहरू घुम्न सौराहा आएका छन्।

प्रकाशित: ७ कार्तिक २०८३ १३:५१ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#सौराहा #पर्यटक #चितवन
Compare →
Hamro Patro News
15h ago
आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

आन्तरिक पर्यटनको गन्तव्य बन्दै टीकापुर पार्क, एकै दिन पुगे १० हजारभन्दा बढी पर्यटक

कैलाली । तिहारको बिदा सकिएलगत्तै कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा पर्यटकको चहलपहल बढेको छ । बिहीबार बिहानैदेखि पार्कमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको थियो। परिवार, आफन्त र साथीभाइसँग घु...

#पर्यटक
Compare →
Onlinekhabar
1d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#पर्यटक
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2611