काठमाडौँ । नेपालीहरूको महान् चाड बडादशैँ समापनतर्फ धकेलिँदै गर्दा सुनसान बनेको संघीय राजधानी काठमाडौँ उपत्यका पुनः सामान्य दैनिकी र व्यावसायिक लयमा फर्किन थालेको छ ।
मुख्य चाडपर्व मनाउन गाउँघर पुगेका नागरिकहरू राजधानी भित्रिने क्रम बढेसँगै असन, इन्द्रचोक, न्युरोड लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको हो । विजयादशमीका मुख्य दिनहरू सकिएसँगै काठमाडौँ उपत्यकाका सडक तथा बजारहरू फेरि गुल्जार बन्न थालेका छन् । दशैँको टीका र आशीर्वाद ग्रहण गर्न आफ्नो पुर्ख्यौली घर गएका सर्वसाधारणहरू कार्यथलो फर्किन थालेपछि राजधानीका सडकहरूमा सवारीसाधनको चाप क्रमशः बाक्लिन थालेको छ ।
Read full story at source ( rajdhanidaily.com )