Trending
Prev Story
Next Story

चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्ने

Ekantipur •
October 24, 2026 • 06:00 AM
2
2 reads 0 reactions

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुने अनुमानसँगै कात्तिक ११ देखि १५ सम्म नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

चक्रवाती आँधीको प्रभाव नेपालसम्म पर्न सक्ने

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवाती आँधीमा परिणत हुने अनुमानसँगै कात्तिक ११ देखि १५ सम्म नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौँ — मनसुन बाहिरिएपछि वर्षा रोकिएर खुलेको मौसममा फेरि बदली हुने संकेत देखिएको छ । बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली शक्तिशाली बन्दै चक्रवाती आँधीमा परिणत हुने पूर्वानुमानसँगै त्यसको प्रभावले बुधबारदेखि नेपालका विभिन्न भागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने मौसमविद्‌हरूले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागले 'पोस्ट मनसुन विशेष मौसम बुलेटिन' सार्वजनिक गर्दै कात्तिक ११ (बुधबार) देखि १५ गतेसम्म मौसम प्रभावित हुन सक्ने उल्लेख गरेको छ । यस अवधिमा वर्षाको जोखिम बढ्न सक्ने भन्दै पाकेको धानबाली जोगाउन र उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्दा सतर्कता अपनाउन मौसमविद्हरूले पनि आग्रह गरेका छन् ।

विभागले शुक्रबार जारी गरेको बुलेटिनमा भनिएको छ, 'बिहान ५:४५ बजे पूर्वमध्य तथा त्यससँग जोडिएको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमश बलियो हुँदै कात्तिक ९ गते चक्रवात आँधीमा विकसित भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिसा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ ।'

नेपालमा हुन सक्ने वर्षाको मात्र र जोखिमको स्तरबारे अहिले नै यकिन गर्न नसकिए पनि कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भन्दै विभागले सबैलाई सतर्क हुन आग्रह गरेको छ ।

भारतको मौसम विभागले शनिबार बुलेटिन जारी गर्दै बंगालको खाडीको मध्यपूर्वी तथा दक्षिणपूर्वी आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै गएको जनाएको छ । शुक्रबार बनेको न्यून चापीय क्षेत्र थप शक्तिशाली न्यून चापीय क्षेत्रमा परिणत भएको छ । यो प्रणाली आइतबार गहिरो अवदाब (डिप डिप्रेसन) र सोमबार बिहानसम्म बंगालको खाडीको मध्यपश्चिमी क्षेत्रमा चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै यो प्रणाली थप शक्तिशाली हुने र बुधबार बिहानसम्ममा आन्ध्र प्रदेशको तट नजिकै बंगालको खाडीको मध्यपश्चिमी क्षेत्रमा पुग्ने सम्भावना छ ।

मौसमविद् विनोद पोखरेलले सामाजिक सञ्जालमा मौसमी विश्लेषण सार्वजनिक गर्दै कात्तिक १२–१५ गतेसम्म सम्भावना र जोखिम रहने उल्लेख गरेका छन् । अहिलेको पूर्वानुमानमा यस अवधिमा नेपालका धेरै ठाउँमा वर्षा हुने र केही स्थानमा भारी वर्षाले जोखिम बढाउन सक्ने उनको भनाइ छ । 'शुक्रबार र शनिबार वर्षासम्बन्धी जोखिम तुलनात्मक रूपमा बढी देखिन्छ,' उनले भनेका छन्, 'काठमाडौंलगायत लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशीका २८ जिल्लामा वर्षासम्बन्धी जोखिमको संकेत छ । मनाङमा पनि यसपटक फेरि विशेष ध्यान दिनुपर्ने देखिएको छ ।'

बंगालको खाडीको न्यूनचापीय प्रणाली नेपालनजिक आउँदा माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग अन्तरक्रिया हुन सक्ने र त्यसले भारी वर्षाको सम्भावना बढाउने पोखरेलले उल्लेख गरेका छन् ।

खेतमै रहेको पाकेको धान र काटेर सुकाउन राखेको बालीमा क्षति पुग्न सक्ने भएकाले स्थानीय मौसम हेरेर बाली सुरक्षित गर्ने योजना बनाउन पनि उनले आग्रह गरेका छन् ।

जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि ११ देखि १५ गतेसम्म देशैभर वर्षा हुने अनुमान गरेका छन् । बाली काट्न र भित्र्याउन आग्रह गर्दै उनले उच्च हिमाली क्षेत्रको पदयात्रालाई उक्त अवधिमा विराम लगाउन सुझाव दिएका छन् । 'यो वर्षा प्रणालीको प्रभाव झन्डै एक हप्तासम्म रहन सक्ने देखिन्छ । यसको अर्थ लगातार पानी परिरहने भन्ने होइन । बीचबीचमा वर्षा रोकिने भए पनि मौसम पूर्ण रूपमा खुल्न नपाउने र पटकपटक पानी परिरहने सम्भावना छ,' उनले भनेका छन्, 'यो प्रणाली अझै विकसित हुँदै गएकाले वर्षाको मात्रा बढ्न सक्ने र केही स्थानमा असिनासमेत पर्न सक्ने सम्भावना छ ।'

नेपालबाट यस वर्षको मनसुन अक्टोबर १४ (असोज २८) मा पूर्ण रूपमा बाहिरिएको थियो । त्यसपछि दसैंका बेला धेरै ठाउँमा मौसम खुलेको थियो । बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीकै कारण गत असोज ७ देखि ४ दिनसम्म देशका अधिकांश भूभागमा अति भारी वर्षासम्म भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
10h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #मौसम
Compare →
Hamro Patro News
1d ago
वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

वाग्मतीसहित यी प्रदेशमा हुनेछ आज वर्षा

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिम...

#वर्षा #मौसम
Compare →
Onlinekhabar
2d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #मौसम
Compare →
Nagarik News
2d ago
काठमाडौं र इलाममा वर्षा, देशका अन्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना

काठमाडौं र इलाममा वर्षा, देशका अन्य क्षेत्रमा पनि पानी पर्ने सम्भावना

बुधबार दिउँसो काठमाडौं र इलाममा वर्षा भइरहेको छ। पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

#वर्षा #पर्न
Compare →

Related Stories

National (Nepal)
Build #2612