काराक । जोर्डनको काराक सहरस्थित एक चर्चमा अन्त्येष्टि चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शुक्रबार भएको घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
राजधानी अम्मानबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको ग्रिक अर्थोडक्स चर्चमा घटना भएको हो । सरकारी टेलिभिजनमा प्रसारित दृश्यमा पिस्तोल बोकेका जस्ता देखिने दुई जना बन्दुकधारी चर्चतर्फ अघि बढेर गोली चलाएको देखिन्छ । त्यसपछि अर्धस्वचालित राइफल बोकेको जस्तो देखिने अर्को व्यक्ति पनि त्यहाँ पुगेर गोली चलाएको दृश्यमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )