पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
पोखरा — पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्ने २३ वर्षीय मिलन गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । चिकित्सकले आज बिहान २ः४२ बजे उनलाई मृत घोषणा गरेका हुन् ।
गएराति पर्वतको पैँयु गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङले चलाएको ग ४ च १३४४ नम्बरको बोलेरो जीप घाटीछिनाबाट पोखरातर्फ आउने क्रममा आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।
चालक टोकबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गरेको र उनीसँग सवारी चालक अनुमतिपत्र रहेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।