Trending
Prev Story
Next Story

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको श*व फेला

Nagarik News •
October 24, 2026 • 05:02 AM
1
1 reads 0 reactions

गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका थिए।

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको श*व फेला

गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ।

ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शकसहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए।

'करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्क विच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए,' प्रमुख जिल्ला अधिकारी खनालले भने, 'लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको हो।'

शव काठमाडौं पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने जनाइएको उनले बताए। गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका थिए।

प्रकाशित: ७ कार्तिक २०८३ १०:४७ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
बडीमालिकामा सम्पर्कविहीन भएका युवा मृत फेला

बडीमालिकामा सम्पर्कविहीन भएका युवा मृत फेला

बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका,दैजीका २० वर्षीय ...

#सम्पर्कविहीन #फेला
Compare →
Ekantipur
1w ago
बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

कञ्चनपुरको बेदकोट–दैजीका मनिष बोहरा त्रिवेणी पाटननजिक मृत भेटिएपछि शव र सुरक्षाकर्मी ल्याउन हेलिकप्टर परिचालनको तयारी गरिएको छ।

#सम्पर्कविहीन #फेला
Compare →
Onlinekhabar
1w ago
बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला

बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला

१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका …

#सम्पर्कविहीन #फेला
Compare →

Related Stories

Technology
Build #2611