Trending
Prev Story
Next Story

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

Ekantipur •
November 01, 2026 • 08:02 AM
1
1 reads 0 reactions

कञ्चनपुरको बेदकोट–दैजीका मनिष बोहरा त्रिवेणी पाटननजिक मृत भेटिएपछि शव र सुरक्षाकर्मी ल्याउन हेलिकप्टर परिचालनको तयारी गरिएको छ।

बडीमालिकामा सम्पर्कविहीन युवक मृत फेला

कञ्चनपुरको बेदकोट–दैजीका मनिष बोहरा त्रिवेणी पाटननजिक मृत भेटिएपछि शव र सुरक्षाकर्मी ल्याउन हेलिकप्टर परिचालनको तयारी गरिएको छ।

बाजुरा — धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शन तथा घुम्न गएका एक आन्तरिक पर्यटक मृत अवस्थामा फेला परेका छन् ।

बडीमालिकाको दर्शनसँगै घुम्न गएर सम्पर्कविहीन भएका कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत फेला परेको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले कान्तिपुरलाई जानकारी दिए ।

आइतबार बिहान सम्पर्कविहीन युवकको खोजीका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो । लगातार मौसम खराबीका कारण चिसो र हिमपात भएपछि चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।

मार्तडीमा रहेको ईश्वरीबक्स गुल्म बाजुराको उद्धार टोलीले खोजी गर्दा सम्पर्कविहीन युवक बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेको उनले बताए । मृतक युवकको शव र खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

त्यस्तै हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो ।

कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए ।

कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट ५ जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । उक्त टोलीमा कार्की र बोहरा सुदूरपश्चिमबाट र पूर्वी नेपालका ३ जना थिए ।

पूर्वी  नेपालका ३ जना भने बडीमालिकाबाट यसअघि नै फर्किसकेका छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
17h ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#मृत #फेला
Compare →
Nagarik News
1d ago
सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा

सिड्नी विमानस्थलमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा

अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मोबाइल फोन जाँच गर्ने क्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला परेपछि २७ वर्षीय एक युवकविरुद्ध अभियोग लगाइएको छ।

#फेला #युवक
Compare →
Hamro Patro News
19h ago
मोरङको जंगलमा महिलाको शव फेला

मोरङको जंगलमा महिलाको शव फेला

मोरङको केराबारी गाउँपालिका–२ फैबास्थित जंगलमा महिलाको शव फेला परेको छ। घरबाट करिब एक किलोमिटर टाढा जंगलमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ३२ वर्षीया पार्वती लिम्बूको शव फेला पर...

#फेला
Compare →

Related Stories

World News
Build #2612