Trending
Prev Story
Next Story

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

Ekantipur •
October 24, 2026 • 05:30 AM
2
2 reads 0 reactions

हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा भेटिएको हो।

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब ६ हजार ३०० मिटर उचाइमा भेटिएको हो।

मनाङ — गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ ।

ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो ।

प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा गएका उनीहरू गत असोज २९ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

'करिब सात हजार ५० मिटरको उचाइबाट सम्पर्क विच्छेद भएपछि उनीहरूको खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनीहरूले प्रयोग गरेका झोला तथा आरोहण सामग्री फेला परेका थिए', प्रमुख जिल्ला अधिकारी खनालले भने, 'लगातारको खोजीपछि शुक्रबार गङ्गापूर्ण हिमालको दक्षिणी भागमा करिब छ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको हो ।'

शव काठमाडौं पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने जनाइएको उनले बताए ।

गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
बडीमालिकामा सम्पर्कविहीन युवक मृ’त फेला

बडीमालिकामा सम्पर्कविहीन युवक मृ’त फेला

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।

#सम्पर्कविहीन #फेला
Compare →
Hamro Patro News
1w ago
बडीमालिकामा सम्पर्कविहीन भएका युवा मृत फेला

बडीमालिकामा सम्पर्कविहीन भएका युवा मृत फेला

बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्। शुक्रबारदेखि सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका,दैजीका २० वर्षीय ...

#सम्पर्कविहीन #फेला
Compare →
Onlinekhabar
1w ago
बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला

बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृ*त फेला

१५ कात्तिक, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका युवक मृत फेला परेका छन् । भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहरा मृत फेला परेका …

#सम्पर्कविहीन #फेला
Compare →

Related Stories

Technology
Build #2612