Trending
Prev Story
Next Story

बडीमालिकामा सम्पर्कविहीन युवक मृ’त फेला

Nagarik News •
November 01, 2026 • 09:45 AM
1
1 reads 0 reactions

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।

बडीमालिकामा सम्पर्कविहीन युवक मृ’त फेला

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा सम्पर्कविहीन भएका एक युवक मृत फेला परेका छन्।

भारी हिमपातपछि शुक्रबारदेखि सम्पर्कविहीन कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा मृत फेला परेका हुन्।

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालकाअनुसार आज सम्पर्कविहीन युवकको खोजी कार्यका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली खटिएको थियो।

खोजी कार्य गर्दा सम्पर्कविहीन युवक बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत फेला परेका हुन्।

मृतक युवकको खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ का २१ वर्षीय सागर कार्कीको शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो।

कार्की चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा रहेका थिए। रासस

प्रकाशित: १५ कार्तिक २०८३ १५:३० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीको भाडगाउँमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी हुन् ।

#फेला #मृत #परे
Compare →
Onlinekhabar
1w ago
रूपन्देहीमा एक पुरुष मृत फेला

रूपन्देहीमा एक पुरुष मृत फेला

१९ कात्तिक, रूपन्देही । रूपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेकी छिन् । सम्मरीमाई गाउँपालिका–६ रूदलापुर बस्ने ७० वर्षीय धन्नि कुर्मी सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको …

#फेला #मृत #परे
Compare →
Hamro Patro News
3d ago
हेटौंडामा प्रहरी सहायक हवलदार मृत फेला

हेटौंडामा प्रहरी सहायक हवलदार मृत फेला

हेटौँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत करिब ...

#फेला #मृत
Compare →

Related Stories

Technology
Build #2611