Trending
Prev Story
Next Story

डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिप खेल्ने पहिलो नेपाली गल्फर बन्दै सुवास

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२८ असोज, काठमाडौं । नेपाली व्यावसायिक गल्फर सुवास तामाङ डीपी वर्ल्ड टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । उनले बिहीबारदेखि भारतमा सुरु हुने डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाली गल्फमा नयाँ …

डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिप खेल्ने पहिलो नेपाली गल्फर बन्दै सुवास

२८ असोज, काठमाडौं । नेपाली व्यावसायिक गल्फर सुवास तामाङ डीपी वर्ल्ड टुरमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी बन्ने भएका छन् । उनले बिहीबारदेखि भारतमा सुरु हुने डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै नेपाली गल्फमा नयाँ इतिहास रच्नेछन् ।

सुवास प्रतिष्ठित डीपी वर्ल्ड टुरको प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पहिलो गल्फर बन्न लागेका हुन् ।

डीपी वर्ल्ड टुर र डीपी वर्ल्ड प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) को संयुक्त आयोजनामा हुने प्रतियोगिता अक्टोबर १५ देखि १८ सम्म भारतको नयाँदिल्लीस्थित दिल्ली गल्फ क्लबमा सञ्चालन हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि ४० लाख अमेरिकी डलर रहेको छ ।

सुवासले कपिल देव इन्भिटेसनल टुर च्याम्पियनसिपपछि रेस टु डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपको वरीयतामा २३औँ स्थान हासिल गर्दै प्रतियोगितामा स्थान पक्का गरेका हुन्  । ग्रेटर नोएडास्थित जेपी ग्रीन्स गल्फ एन्ड स्पा रिसोर्टमा सम्पन्न उक्त प्रतियोगितापछि वरीयताका शीर्ष २४ खेलाडीले च्याम्पियनसिपमा खेल्ने अवसर पाएका थिए ।

सुवासले यस सिजन भारतीय व्यावसायिक गल्फ टुरका १७ प्रतियोगितामा सहभागिता जनाएका छन् । तीमध्ये १४ प्रतियोगितामा कट पार गरेका उनले दुई प्रतियोगितामा शीर्ष १० भित्र स्थान बनाउन सफल भएका छन् । यस सिजन उनले अहिलेसम्म २५ लाख ९३ हजार भारतीय रुपैयाँ पुरस्कार रकम जितेका छन् ।

पीजीटीआईबाट छनोट भएका २४ खेलाडीमध्ये २१ जना भारतीय व्यावसायिक गल्फर छन् । सुवाससँगै बंगलादेशका जमाल होसेन र चेक गणतन्त्रका स्टेपन डानेक पनि प्रतियोगितामा छनोट भएका विदेशी खेलाडी हुन् ।

दिल्ली गल्फ क्लबमा विश्वस्तरीय गल्फरहरूसँग प्रतिस्पर्धा गर्न पाउनुलाई सुवासले ठूलो अवसरका रूपमा लिएका छन् । डीपी वर्ल्ड टुरले सार्वजनिक गरेको भिडियोमा उनले भनेका छन्, ‘डीपी वर्ल्ड टुरमा खेल्ने पहिलो नेपाली गल्फर बन्न पाउँदा म निकै खुसी छु । आफ्नो देशको प्रतिनिधित्व गर्दै यहाँ खेल्न पाउनु उत्साहजनक छ ।’

सन् १९७२ देखि सञ्चालन हुँदै आएको डीपी वर्ल्ड टुरमा नेपाल प्रतिनिधित्व हुने १२०औँ राष्ट्र बन्नेछ। यसै सिजन रुवान्डा, बुल्गेरिया र डोमिनिकन रिपब्लिकका गल्फरले पनि पहिलो पटक टुरमा सहभागिता जनाएका छन् ।

सुवासले यसअघि एमेच्योर गल्फमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेका थिए । उनी विश्व एमेच्योर गल्फ वरीयताको शीर्ष १०० मा पुग्ने पहिलो नेपाली गल्फर बनेका थिए । डीपी वर्ल्ड इन्डिया च्याम्पियनसिपमा उनको सहभागितालाई नेपाली गल्फको अन्तर्राष्ट्रिय यात्रामा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित

इन्डिया फाइट लिगमा नेपाली एमएमए फाइटर कोसिसको सानदार जित

६ असार, काठमाडौं । नेपाली एमएमए फाइटर कोसिस श्रेष्ठले भारतमा भएको इन्डिया फाइट लिग (आईएफएल) मा सानदार जित हात पारेका छन् । कोसिसले मोहद सैफलाई पहिलो राउण्डमै टेक्निकल नकआउटका आधारमा पराजित गरेका ह...

#इन्डिया
Compare →
Ekantipur
1w ago
५३ मा ऐश्वर्या : मिस वर्ल्डदेखि कान्ससम्म फैलिएको सुन्दरता र कलाको सुगन्ध

५३ मा ऐश्वर्या : मिस वर्ल्डदेखि कान्ससम्म फैलिएको सुन्दरता र कलाको सुगन्ध

२० वर्षको उमेरमा मिस वर्ल्डको ताज जितेर विश्वभर तहल्का मच्चाएकी ऐश्वर्याको जीवन र करिअर केवल बलिउडमा मात्र सीमित छैन । मोडलिङको दुनियाँबाट सुरु भएको उनको करिअर यात्रा हलिउडको रेड कार्पेटसम्म फैलिएको छ ।

#वर्ल्ड
Compare →
Nagarik News
1w ago
बिनिता गुरुङलाई ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ताज

बिनिता गुरुङलाई ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ताज

बिनिता गुरुङले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्।

#वर्ल्ड
Compare →

Related Stories

World News
Build #2611