Trending
Prev Story
Next Story

बिनिता गुरुङलाई ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ताज

Nagarik News •
November 01, 2026 • 05:26 AM
1
1 reads 0 reactions

बिनिता गुरुङले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्।

बिनिता गुरुङलाई ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ताज

बिनिता गुरुङले ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित प्रतियोगिताको ग्रान्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले ताज पहिरिएकी हुन्।

रिबन इन्टरटेनमेन्टद्वारा आयोजित विवाहित महिलाहरू सहभागी हुने ‘मिसेस नेपाल वर्ल्ड २०२६’ प्रतियोगिताको छैटौँ संस्करण हो। विवाहित महिलाहरूको प्रतिभा, व्यक्तित्व विकास, आत्मविश्वास र क्षमतालाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विधाका विजेताहरू पनि चयन गरिएका छन्।

यसमा शिल्पा न्यौपाने महर्जन ‘मिसेस नेपाल इन्टरनेसनल’ र क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’को रिचा शर्मा ‘एमएस नेपाल इन्टरनेसनल’ घोषित भएकी छन्।

प्रतियोगिताको ग्रान्ड फिनालेमा थाइल्यान्डकी ‘मिसेस वर्ल्ड २०२५’ सामी चनिता सीडाकेट क्रेथोर्न प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। उनी शुक्रबार नेपाल आइपुगेकी थिइन्।

प्रतियोगिताका निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, चर्चित अभिनेत्री रेखा थापा र सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायतका व्यक्तित्वहरू रहेका थिए।

प्रकाशित: १५ कार्तिक २०८३ ११:११ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज

बिनिता गुरुङले जितिन् ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज

काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२६’को ताज बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा उनले २१ प्रतियोगीलाईपछि पार्दै उपाधि चुमेकी हुन् । रि...

#मिसेस #वर्ल्ड #२०२६
Compare →
Onlinekhabar
1w ago
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि राष्ट्र बैंककी उप-निर्देशक विनिता गुरुङलाई

काठमाडौं । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ मा विनिता गुरुङले शीर्ष उपाधि जितेकी छिन् । शनिबार राति सम्पन्न प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै  विनिता विजेता बनेकी हुन् । उनले शीर्ष उपाधि …

#मिसेस #वर्ल्ड #गुरुङ
Compare →
Ekantipur
1w ago
गृहमन्त्री गुरुङले गृहजिल्लामा स्थापना गरे निजी सचिवालय

गृहमन्त्री गुरुङले गृहजिल्लामा स्थापना गरे निजी सचिवालय

यहाँका समस्या राख्न सिंहदरबार पुग्न नपरोस्, आफ्नो सांसदलाई यहीँबाट गुनासो सुनाउन पाइयोस् भनेर सचिवालय स्थापना गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

#गुरुङ
Compare →

Related Stories

World News
Build #2612