नेपालीको महान चाड दसैँमा मान्यजनबाट टीका र जमरा थाप्ने परम्परा विदेशी पर्यटकका लागि पनि नयाँ अनुभव बनेको छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर घुम्न आएका बङ्गलादेशी पर्यटकले नेपाली संस्कृतिअनुसार टीका र जमरा लगाएर दसैँको खुसी साटासाट गरेका छन्।
बन्दीपुरस्थित होटेल हिमालय दरबारमा बसेका बङ्गलादेशी पर्यटकलाई होटेल सञ्चालकले टीका र जमरा लगाइदिएपछि उनीहरू नेपाली संस्कृति र दसैँको परम्पराबारे जान्न उत्सुक देखिएका थिए । विदेशी पाहुनालाई नेपाली चाडपर्वको अनुभव गराउने उद्देश्यले टीका र जमरा लगाइदिएको होटेल सञ्चालक बैसबहादुर गुरुङले बताउनुभयो ।
Read full story at source ( gorkhapatraonline.com )