Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा उठाइनुपर्ने १४ बुँदे राष्ट्रिय मुद्दाहरू

Arthasansar •
October 24, 2026 • 03:32 AM
2
2 reads 0 reactions

एकल बहुमत प्राप्त गरेर बनेको जननिर्वाचित सरकारका पहिला प्रधानमन्त्रीको आधिकारीक भारत भ्रमण यहि २०८३ साल मंसिर महिनाको पहलो हप्तामा हुने...

प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा उठाइनुपर्ने १४ बुँदे राष्ट्रिय मुद्दाहरू

एकल बहुमत प्राप्त गरेर बनेको जननिर्वाचित सरकारका पहिला प्रधानमन्त्रीको आधिकारीक भारत भ्रमण यहि २०८३ साल मंसिर महिनाको पहलो हप्तामा हुने समाचार पत्रपत्रिका मार्फत सुन्नमा आएको छ । यस भ्रमणका अवसरमा छलफलका लागी नेपालका तर्फबाट उठाउनु पर्ने प्रमुख मुद्दाहरुको बारेमा बिभिन्न मन्त्रालयहरुमा गृहकार्य भईरहेको अनुमान गरिन्छ । सो कार्यमा थप सहयोग पुगोस भन्ने हेतुले आफुलाई लागेका केहि प्रमुख विषयहरु यस रचना मार्फत प्रस्तुत गरेको छु ।

१.    महाकाली नदी वारीका कालापानी, लिपुलेक, टिंकरको भूभाग फिर्ता पाउने र सीमा व्यबस्थापन गर्ने बारे प्रधानमन्त्रीज्यूले महत्वपूर्ण बार्ता गरेर देशको भूक्षेत्र फिर्ता ल्याउन सफल हुनु हुने विश्वास लिएका छौं । सीमा समस्याको समाधानका लागी निर्णायक बार्ताको आशा गर्दछौं ।

२.    नेपालको पूर्व पश्चिम र दक्षिणमा खुल्ला सीमाना रहेको छ । नेपालमा उत्पादन हुने कृषि तथा औद्योगिक वस्तुहरु विविध कारण देखाई भारत प्रवेशमा रोक लाग्दै आएको छ । यसले देशमा उत्पादन र निर्यातको वृद्धिमा समस्या भएको छ । चिया, प्लाईबोर्ड, भटमासको तेल, फलाम, सिमेण्ट आदि भारतीय वजारमा प्रवेशमा रोक लाग्दै फुकुवा हुँदै आएको हुँदा नेपालका उत्पादनहरुलाई भारतीय वजारमा स्वतन्त्र प्रवेशमा रोक नलगाउने भन्ने प्रतिवद्धताको माग गर्ने काय यस भ्रमणको अवसरमा हुनेछ भन्ने आशा लिएका छौं ।

३.     नेपालले ठुलो रकम र समय लगानी गरेर निर्माण गरेको लुम्बिीनी दोस्रो अन्तराष्ट्रिय बिमानस्थल संचालनको लागी भारतले हवाई मार्ग नदिएर अलपत्र परेको छ । पोखरा अन्तराष्ट्रिय बिमानस्थल पनि यहि हवाईमार्गको अनुमति नपाएको कारणले पूर्णक्षमतामा संचालन हुन सकेको छैन । चिनियाँ लगानीको आयोजना भन्ने निहुँ बनाएर मित्र राष्ट्रले छिमेकीलाई मर्कामा पारेको कुराले नेपाललाई समस्या परेको कुरा हामिलाई थाहै छ । सम्माननिय प्रधान मन्त्रीको आगामी भारत भ्रमणको अवसरमा भैरहवा र पोखरा विमानस्थलको उपयोग खुल्ला गर्न हवाईमार्गको उपयोग गर्न बाटो खुल्ला हुने आशा गरेका छौं । यो मार्ग नेपालगंज, धनगढी तथा अन्य बिमानस्थलको लागी समेत आवष्यक रहेको छ ।

४.     लामो अध्ययन, अनुसन्धान र लगानी पछि नेपालमा फलाम र तेल खानी फेला परेका छन । यी खानीहरु उत्खनन गरेर देशमा खनिज उद्योग संचालन गर्ने प्राविधिक क्षमता नेपालमा विकास भईसकको छैन । यसर्थ नवलपुर जिल्लाको धौवाजीको फलाम र दैलेखको तेल खानी उत्खनन गर्न भारत संग प्राविधिक र आर्थिक सहयोग माग गर्न सम्माननिय प्रधानमन्त्रीज्यू लाई अनुरोध गर्न चाहन्छु । मनांग र मुस्तांगमा पाईएको बहुमूल्य युरेनियमको उत्खनन र उपयोगको लागी समेत सहकार्य र लगानीको माग गर्नु पर्ने आवश्यकता देखेको छु ।

५.     भारत सरकारको सहायताबाट निर्माण गर्ने प्रतिवद्धता जाहेर गरेको रक्सौल–काठमाडौं रेलमार्ग सीघ्र निर्माण सम्पन्न गर्न अनुरोध गर्नु हुनेछ भन्ने आशा लिएका छौं ।

६.     डडेलधुरा र बैतडी जिल्लालाई भारतसंग जोडन महाकाली सीमा नदीमा २ वटा पूल निर्माण गर्न सहायता माग गर्न अनुरोध गर्दछु ।

७.    नेपालमा निर्मित जलविद्युत परियोजनाहरुमा चिनियाँ लगानी र ठेकेदारहरु संलग्न आयोजनाको विद्युत नकिन्ने भन्ने प्रतिवन्ध फुकुवा गर्ने विषयमा छलफल होस भन्न चाहन्छु ।

८.    नेपाललाई निर्माणका कामको लागी आवष्यक विष्फोटक पदार्थहरुको खरीद र उपयोगमा भारीतय पक्षद्वारा लागू गरेको हालको अघोषित प्रतिवन्ध फुकवा गर्न अनुरोध गर्नु पर्ने छ । नेपाल आफैले पर्याप्त विष्फोटक पदार्थहरु उत्पादन गरि देशको आवष्यकता परिपुर्ति गर्नु पर्न बारेमा समेत सम्माननीय प्रधान तथा रक्षा मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु ।

९.    नेपाल तथा भारतका नीजिक्षेत्रलाई विद्युतको व्यापार गर्ने बाटो फुकुवा गर्ने मार्गमा यो भ्रमणले पहल गर्नेछ भन्ने विश्वास गर्दछु । यस टिप्प्णीका लेखक आफु पनि एक स्वतन्त्र उर्जा उत्पादक भई विद्युत उत्पादनको काम गरिरहेको हुँदा नेपालमा उपयोग हुन नसक्ने विद्युत आयात निर्यातको व्यबसायमा  दुवै देशका नीजिक्षेत्रलाई संलग्न गराउने बारेमा प्रधानमन्त्रीको यो भ्रमणको अवसरमा पहल हुने विश्वास लिएको छु । नेपालमा ग्रीड ह्विलिंगको कानून बनेको छ । ह्विलिंग फि निर्धारण भएको छ । यसमा टेकेर नेपालका उर्जा उद्यमीहरुले सतलज विद्युत निगमले निर्माण गरेको ४०० केभि ट्रान्समिशनलाईनको उपयोग गरेर विद्युत व्यापार गर्न पाउने व्यबस्था हुन अनुरोध छ ।

१०.    नेपालमा विद्युतको संकट टार्न सहयोगी हुने ९०० मेगावाट क्षमताको निर्माणधिन अरुण तेस्रो जलविद्युत परियोजना छिटो निर्माण सम्पन्न गर्न पहल हुनेछ भन्ने आशा लिएका छौं ।

११.    माथिल्लो कर्णाली जलविद्युत परियोजनाको निर्माण छिटो सुरु गर्न पहल होस भन्न चाहन्छु । यो परियोजना लामो समय देखि अलपत्र परेको छ । यो परियोजना निर्माण भएको भए कर्णाली नदी बेसिनमा धेरैवटा जलविद्युत परियोजनाहरु निर्माण गर्न सकिने थियो । भारतमा ठुलो परिमाणमा विद्युत निर्यात गर्न सकिने थियो भन्न चाहन्छु ।

१२.    पश्चिम सेती र तल्लो सेती आयोजना NHPC बाट निर्माण गर्न यस भ्रमणको अवसरमा पहल गरिनेछ भन्ने आशा गरिन्छ । यस परियोजनाबाट नेपालले पाउनु पर्ने निःशुल्क उर्जाको प्रतिशतमा वृद्धि गरेर काम अघि बढोस भन्ने नेपालको चाहना रहेको छ ।

१३.    बहुप्रतिक्षित पञ्चेश्वर, कर्णाली चिसापानी र सप्तकोशी उच्च बाँध परियोजनाको निर्माणको बारेमा पनि  अगामी भ्रमणमा अवस्य चर्चा हुनेछ ।  सुनकोशी–कमला डाईभर्सन परियोजना भारत सरकारले निर्माण गरि दिने आश्वासन पाएको पनि लामो समय व्यतित भएको छ । यसलाई सीघ्र सम्पन्न गर्नका लागी पहल होस भन्न चाहन्छु ।

१४.    नेपालमा हरित उर्जा, ईथानोल उत्पादन तथा रासायनीक मल कारखाना स्थापनाका लागी भारत सरकारसंग सहायता माग गर्न अनुरोध गर्दछु । नेपाली वजारमा रासायनिक मल खुल्ला बजारमार्फत किन बेच हुने व्यबस्था हुन अनुरोध गर्दछु । सर्लाही जिल्लाका दुई नेपाली कृषकले भारतीय वजारबाट रासायनीक मल किनेको निहुँमा विहारको सितामणी कारावासमा थुनुवामा बस्नु परेको कुरा यहाँ स्मरण गर्दछु ।

गुरु प्रसाद न्यौपाने स्वतन्त्र उर्जा उत्पादक

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

भारत भ्रमणमा राष्ट्रिय स्वाभिमान र सीमा विवाद उठाउन प्रधानमन्त्रीलाई शेरबहादुर तामाङको आग्रह

काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नगर्न आग्रह गरेका छन्। बिहीबार ...

#भ्रमण #भारत
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#भ्रमण #भारत
Compare →
Onlinekhabar
10h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत #भ्रमण
Compare →
Ekantipur
7h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Bizshala
9h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612