Trending
Prev Story
Next Story

धनकुटामा टीका–जमरा थाप्ने र फर्किनेको चहलपहल

Ekantipur •
October 24, 2026 • 03:30 AM
2
2 reads 0 reactions

बडादसैँको चौथो दिन पनि धनकुटामा टीका–जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। टीका–जमरा र आशीर्वाद थाप्न आफन्त तथा मान्यजनको घरमा जाने–आउनेको चहलपहल बढेको छ।

धनकुटामा टीका–जमरा थाप्ने र फर्किनेको चहलपहल

बडादसैँको चौथो दिन पनि धनकुटामा टीका–जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। टीका–जमरा र आशीर्वाद थाप्न आफन्त तथा मान्यजनको घरमा जाने–आउनेको चहलपहल बढेको छ।

धनकुटा — बडादसैँको चौथो दिन पनि धनकुटामा टीका–जमरा लगाएर दसैँ मनाउने क्रम जारी छ। टीका–जमरा र आशीर्वाद थाप्न आफन्त तथा मान्यजनको घरमा जाने–आउनेको चहलपहल बढेको छ।

बिहानैदेखि आफन्त तथा मान्यजनकहाँ पुगेर टीका–जमरा लगाउने र आशीर्वाद लिने क्रम चलिरहेको छ। टाढाटाढाका गाउँघरमा रहेका आफन्तकहाँ पुगेर दसैँ मनाएकाहरू फर्किन थालेका छन् भने कतिपय अझै आफन्त तथा मान्यजनकहाँ टीका–जमरा थाप्न जाने क्रममै छन्।

दसैँका कारण सार्वजनिक यातायातमा यात्रुको चाप बढेको छ। सवारीसाधनमा भीड बढेपछि यात्रुहरूले पालो पर्खेर यात्रा गर्नुपर्ने अवस्था छ। केही समय पर्खनुपरे पनि आफन्तसँग भेटघाट गरी दसैँ मनाउने क्रम नरोकिएको यात्रुहरू बताउँछन्।

महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका लक्ष्मण सुवेदीले दसैँमा आफन्तसँग भेटघाट गर्न जाने–आउने क्रम बढेसँगै सार्वजनिक यातायातमा यात्रुको चाप बढेको बताए।

त्यस्तै, धनकुटा नगरपालिका–६, आत्माराका शेखर बरालले यात्रा केही असहज भए पनि दसैँको टीका–जमरा लगाउने र आफन्तसँग खुसी साटासाट गर्ने उत्साह कायम रहेको बताए।

टीका–जमरा लगाउने, मान्यजनबाट आशीर्वाद लिने र परिवार तथा आफन्तसँग भेटघाट गर्ने क्रमले धनकुटामा दसैँको रौनक बढाएको छ। सार्वजनिक यातायातमा यात्रुको चाप देखिए पनि चाडपर्व मनाउन घरपरिवार र आफन्तसँग भेटघाट गर्ने क्रम जारी छ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

बाँके, कात्तिक २६ गते । सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि हिन्दू समुदाय जस्तै गरी टीका लगाएर तिहार मनाएका छन् । दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला...

#टीका
Compare →
Nagarik News
2d ago
नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

#टीका
Compare →

Related Stories

Education & Youth
Build #2611