काठमाडौं । दसैँमा नयाँ लुगा लगाउने, टीका लगाउने, आशीर्वाद थाप्ने र आफन्तबाट दक्षिणा पाउने खुसी छुट्टै हुन्छ। बालबालिका तथा विद्यार्थीका लागि दक्षिणा पाउनु दसैँको रमाइलो पक्षमध्ये एक हो। कसैले दक्षिणा पाएपछि मन परेको खेलौना किन्छन्, कसैले मिठाई खान्छन् त कसैले त्यो पैसा जम्मा गरेर राख्छन्।
तर दक्षिणा खर्च गर्ने पैसा मात्र होइन। यसको सही उपयोग गर्न सके सानै उमेरदेखि बचत गर्ने बानी बसाल्न, पैसाको महत्त्व बुझ्न र भविष्यका लागि योजना बनाउन सकिन्छ। दक्षिणाबाटै ठूलो रकम जम्मा हुन्छ भन्ने होइन, तर थोरै रकमको सही व्यवस्थापनले आर्थिक अनुशासन सिकाउँछ।
Read full story at source ( aarthiknews.com )