Trending
Prev Story
Next Story

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

Onlinekhabar •
November 07, 2026 • 01:00 PM
1
1 reads 0 reactions

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको दाबी गरिएको अडियोबारे धारणा सार्वजनिक गरेका छन् । देउवा समूहले देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन …

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको दाबी गरिएको अडियोबारे धारणा सार्वजनिक गरेका छन् ।

देउवा समूहले देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी दिएको भनिएको बयानबारे धारणा सार्वजनिक गरेका हुन् ।

‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ?,’ आश्चर्य व्यक्त गर्दै पूर्वसभापति देउवाले प्रश्न गरे, ‘त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’

देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले तत्कालीन समयमा कांग्रेसको आधिकारिकतामा आफ्नो ज्यानको खतरा रहेको कुरा बताएको आफूले सञ्चारमाध्यमबाट थाहा पाएको प्रसंग पनि सुनाए ।

‘उसबेला निर्वाचन आयोगमा पनि मुद्दा हालका थियौं हामीले । तर, निर्वाचन आयोगले, उसबेलाका प्रमुख आयुक्तले बाहिर जो न्युजमा आएको थियो है- मेरो ज्यानको खतरा भएको कारणले मैले दिएको भनेर बोलेका पनि छन्,’ उनले भने, ‘तर, त्यो महिला चाँहि (आयुक्त जानकी तुलाधर) नडराउने, उ डराउने कहीँ हुन्छ ? पैसाको लेनदेन छ पैसाको । थाहा भइहाल्यो नि । त्यसबाट स्पष्ट भयो नि त ।’

देउवाले आफू अहिले पनि कांग्रेसको सभापति भएकाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पनि सुनाए ।

‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन,’ उनले भने, ‘त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौं ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आधिकारिक नेतृत्वबारे सञ्चारकर्मीले

नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आधिकारिक नेतृत्वबारे सञ्चारकर्मीले

सोधेको प्रश्न सुनेर आक्रोशित बनेका छन्। शनिबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित पार्टीको समानान्तर अधिवेशनलाई सम्बोधन गरी बाहिरिने क्रममा पत्रकारले ‘कांग्रेसको सभापति तपाईं हो कि गगन थापा ?’ भन...

#राष्ट्रिय-सभा #शेरबहादुर-देउवा #कांग्रेस
Compare →
Bizshala
5d ago
नेप्सेबाट पैसा कसरी कमाउने ? सेयर किन्नुअघि गर्नुपर्ने सात हिसाब

नेप्सेबाट पैसा कसरी कमाउने ? सेयर किन्नुअघि गर्नुपर्ने सात हिसाब

काठमाण्डौ । दुई कम्पनीको प्रतिसेयर आम्दानी समान छ। एउटाको सेयर ३६० रुपैयाँमा पाइन्छ, अर्कोको ६०० रुपैयाँमा। सस्तो...

#पैसा
Compare →
Nagarik News
5h ago
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

#कांग्रेस #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2611