Trending
Prev Story
Next Story

एनपिएलको कमेन्ट्रीमा फेरि सुनिनेछ वासवानीको आवाज

Nagarik News •
October 24, 2026 • 02:08 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी पुनः कमेन्ट्री प्यानलमा फर्किने भएका छन्।

एनपिएलको कमेन्ट्रीमा फेरि सुनिनेछ वासवानीको आवाज

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा भारतीय क्रिकेट कमेन्टेटर मिखाइल वासवानी पुनः कमेन्ट्री प्यानलमा फर्किने भएका छन्।

उनले भिडियो सन्देशमार्फत प्रतियोगिताको आगामी सिजनमा कमेन्ट्री गर्न पाउँदा उत्साहित रहेको बताए। वासवानीले नेपाली दर्शकलाई सम्बोधन गर्दै भनेका छन्, ‘विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना। म नेपाल प्रिमियर लिग सिजन ३ को कमेन्ट्री प्यानलमा जोडिन पाउँदा निकै उत्साहित छु।’

एनपिएललाई ‘हिमालको महोत्सव’ भन्दै उनले सबैलाई एकजुट भएर प्रतियोगिताको उत्सव मनाउन आह्वान गरेका छन्। नेपाल प्रिमियर लिगजस्तो ठुलो प्रतियोगिताको हिस्सा बन्नु सौभाग्य र सम्मानको कुरा भएको पनि उनले बताए। उनले थप भनेका छन्, ‘नेपाल प्रिमियर लिगजस्तो ठुलो लिगको हिस्सा बन्नु सधैँ सौभाग्य र सम्मानको कुरा हो।’

वासवानीले यसअघि पनि एनपिएलमा कमेन्ट्री गरिसकेका छन्। सन् २०२४ मा आयोजित पहिलो सिजनमा उनी अंग्रेजी कमेन्ट्री प्यानलमा थिए। त्यसपछि दोस्रो सिजनमा पनि उनले प्रतियोगितामा कमेन्ट्रीलाई निरन्तरता दिएका थिए। उनको ऊर्जावान प्रस्तुति र नेपाली क्रिकेटप्रतिको चासोले नेपालमा पनि उनलाई दर्शकमाझ परिचित बनाएको छ।

एनपिएल सिजन ३ सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।

नोभेम्बर २१ सम्म सञ्चालन हुने प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा कुल ३२ वटा टी-२० खेल हुनेछन्।

प्रकाशित: ७ कार्तिक २०८३ ०७:५३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

एनपिएलः काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाण्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो । सुदूर...

#एनपीएल #प्रिमियर-लिग #एनपिएल
Compare →
Onlinekhabar
4h ago
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
7h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
11h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2611