ट्रफी जितेको निसर्गले १३६३ अंक बटुलेको थियो । दोस्रो भएको एपिएफले ६१३ र तेस्रो भएको जेम्सले ६०६ अंक बटुलेका थिए ।
काठमाडौँ — निसर्ग बाटिका स्कुलले १४ औं एनएसए कप पौडी प्रतियोगितामा टिम च्याम्पियन ट्रफी जितेको छ ।
ट्रफी जितेको निसर्गले १३६३ अंक बटुलेको थियो । दोस्रो भएको एपिएफले ६१३ र तेस्रो भएको जेम्सले ६०६ अंक बटुलेका थिए ।
सात स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा पुरुषतर्फ चार स्वर्ण र दुई रजत जितेका नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएको आयोजक नेपाल पौडी संघले जानकारी दिएको छ । इर्भिनले ६ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए भने अभिभ प्रधानले चार र जाडेन श्रेष्ठले तीन राष्ट्रिय कीर्तिमान कायम गरेका थिए।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहतालगायतले पुरस्कार प्रदान गरे ।
दुई दिने प्रतियोगिता सातदोबाटो स्थित पौडीपोखरीमा भएको हो । बेइजिङमा डिसेम्बर पहिलो साता हुने सर्टकोर्स विश्व च्याम्पियनसिपको छनोटका लागि प्रतियोगिता गरिएको संघले जनाएको छ ।